• १० मंसिर २०८१, सोमबार

बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक मर्मत

blog

गुणबहादुर रोका

सुलीकोट, कात्तिक २७ गते । गोरखामा असार, साउन र भदौ महिनामा परेको अत्याधिक अविरल वर्षाका कारण भत्किएका ग्रामिण सडक मर्मत भएको छ । झण्डै ३ महिनादेखि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक अन्र्तगतको धार्चे गाउँपालिका-३ तातोपानी सडक सम्म धार्चे गाउँपालिकाको जेसिबी प्रयोग गरी सडक मर्मत गर्ने कार्य सम्पन्न गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।  

उत्तरी गोरखाको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकहरुमा अविरल वर्षाका कारण विभिन्न ठाउँमा ग्रामिण सडकहरु बाढी र पहिरोले सडक खण्डहरुमा ढुंगा, माटो र लेदोलो सडक नै बगाएपछि सबारी साधनहरु आवतजावत नै बन्द हुन पुगेको थियो । तिहार सकिएपछि धार्चे गाउँपालिकाको पहलमा उत्तरी गोरखाबासीको मागलाई सम्बोधन गर्दै गाउँपालिकाले भत्किएका सडकहरुमा खाल्टा खुल्टी मर्मत सम्भार गरी सबारी साधनहरु आवतजावतमा सहज बनाइएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । 

यस सडक गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका बिभिन्न पर्यटकिय क्षेत्रहरु जानका लागि सडक बाटो भएर जाने मुख्य सडक भएकाले पनि गाउँपालिकाको पहलमा सडक बाटो मर्मत गरी सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । 

उत्तरी गोरखामा पर्यटकहरु घुम्न आउने सिजन भएकाले पनि धार्चे गाउँपालिकाले पर्यटकहरुलाई मध्य नजर गर्दै गाउँपालिका भित्रका रहेका सडक बाटोहरु मर्मत सम्भार गरी नियमित रुपमा सहजै तबरबाट सञ्चालनमा ल्याउन सडक छेउछाउमा ठुला ठुला ढुङगाहरु पन्छाउने काम भएपछि प्रसिद्ध धार्मिक स्थल तातोपानी सम्म सडक बाटो सहज बनाई सवारी साधनहरु सञ्चालनमा ल्याईएको धार्चे गाउँपालिकाले जनाएको छ । 

सडक मर्मत तथा सम्भार भएपछि मंगलबार देखि बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सम्म यात्रुबाहक सवारीसाधनामा कुनै समस्या नभएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताउनुभयो । 

केहि महिनादेखि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको सडक मंगलबारदेखि सञ्चालनमा आएको छ, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “अब बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्र्तगतका सडकहरुमा बस र अन्य सबारी साधन चल्ने सक्ने गरी बाटो मर्मत भएकाले धार्चेको कुनै पनि ग्रामिण सडकमा मंगलबारबाट अवरुद्ध नभई सहज रुपमा सवारीसाधनहरु आवतजावत भइरहेको छ ।”