तिलिचोको आधार शिविरमा राष्ट्रिय ग्रिडको बिजुली
मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
नारायणगोपालको बायोपिक चलचित्र बन्ने
लेखक प्रकाश सायमिले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गर्नुभएको छ ।
गैँडा स्थानान्तरणको सट्टा पाल्न माग
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ ।
विदेशबाट फर्केर पशुपालनमा दाजुभाइ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
गैँडा स्थानान्तरण विषयमा ध्यानाकर्षण
पूर्वी नवलपरासीबाट गैँडा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर लैजान नहुने भन्दै सरोकारवालाले विरोध जनाएका छन् ।
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
एक करोड बढी विद्युत महसुल अनुदान
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले लिफ्ट खानेपानी आयोजनाको एक करोड छ लाख २७ हजार १६२ रुपियाँ महसुल अनुदान दिएको छ ।
मारुनी नाच पुस्तान्तरणको प्रयास
युवा पुस्ताले चासो नदिँदा परापूर्व कालदेखि चल्दै आएको मारुनी नाच सङ्कटमा पर्न थालेपछि नवलपुरको पहाडी क्षेत्रमा पाका पुस्ता युवालाई समेत समेटेर यसको संरक्षणमा जुटेका छन् ।
सामुदायिक विद्यालयलाई १२ लाखको शैक्षिक सामग्री
स्याङ्जाका विभिन्न सामुदायिक विद्यालयका छात्रछात्राहरूलाई १२ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिने भएको छ ।
आर्थिक स्रोत जुटाउने योजना बनाउनुपर्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै पार्टीले आर्थिक स्रोत जुटाउने योजना बनाउनु पर्ने बताउनुभएको छ ।
लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सहकारी ठगी प्रकरण : ढोरपाटन नगर प्रमुखलाई पोखरा ल्याइयो
बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई सहकारी ठगीबारे अनुसन्धान गर्न पोखरा ल्याइएको हो ।
भुरुङ तातोपानी मुस्ताङ यात्राको चिसो फाल्ने स्थल
कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ ।
आँधीखोला कोरिडोर निर्माणले गति लिँदै
स्याङजाको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ कोरिडोर निर्माणलाई तीव्र बनाएको छ ।
बन्द भृकुटी कागज कारखानाका मजदुरले तलब पाउने
नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् ।
पोखरामा अन्तर्राष्ट्रिय उडानको माग
होटल सङ्घ पोखरा नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालनको माग गरेको छ। शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफल कार्यक्रममा सङ्घले उक्त माग राखेको हो।
सबै आमाले बच्चासँग मातृभाषा बोल्नुपर्छ: सञ्चारमन्त्री गुरुङ
सञ्चार प्रविधि तथा सूचना मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, संस्कृति, सभ्यता लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
लामो झोलुङ्गे पुलप्रति पर्यटकको आकर्षण
बागलुङको लामो पुलको अवलोकन गर्ने पर्यटकको भिड लागेको छ । प्रसिद्ध बागलुङ–कालिका भगवती मन्दिरनजिक कालिगण्डकी नदीमाथि निर्माण गरिएको पाँचसय ६७ मिटर लामो गण्डकी गोल्डेन ब्रिजले यतिखेर पर्यटक आकर्षित गरिरहेको छ ।
क्रस कन्ट्री दौडमा चिनिया धावक विजयी
पर्यटन राजधानी पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअलमा चिनिया खेलाडी र क्रम कन्ट्री टिम इभेन्टमा नेपाली धावकले बर्चश्व बनाएका छन् ।
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ : कांग्रेस नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताउनुभएको छ।
फोहरबाट मोहर निकाल्दै पालिका
पछिल्लो समय सहरी क्षेत्रमा फोहोर व्यवस्थापनमा चुनौती रहेको छ । बजार क्षेत्रमा पर्ने नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्न सकेका छैनन् ।
मन्त्री गुरुङद्वारा तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन उद्घाटन
सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा शनिबारदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
स्वास्थ्य बिमालाई व्यवस्थित गराइने : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताउनुभएको छ ।
तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता : ६४ चिनियाँसहित १२ सयभन्दा बढी सहभागी
हिमालयन टुरिजम फोरमको आयोजनामा सुरु भएको तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले पोखराको बाराहीघाट शनिबार शुभारम्भ गर्नुभएको छ ।