वालिङमा उपप्रमुखसहित १५ जना जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार
वालिङ नगरपालिकाको नगर सभा उपप्रमुख कविता तिवारी गैह्रेसहित १५ जनाले बहिस्कार गरी सभाबाट बाहिरिएको छ । वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने गरी शिक्षा ऐन संशोधन प्रस्ताव आएसँगै यसको विरोध गर्दै उहाँहरू सभा बहिष्कार गरेका हुन् ।
बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।
आर्मीका कार्कीलाई अल्ट्रा म्याराथन उपाधि
तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबमा कार्यरत शङ्खुवासभाका २३ वर्षिय गोविन्द कार्कीले जित्नु भएको छ ।
बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते
बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
जलविद्युत आयोजनाले गाउँको स्वरूप बिग्रने खतरा
म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलावासीहरुले गाउँको स्वरूप नै बिग्रने गरी जलविद्युत आयोजना नबनाउन माग गरेका छन् । चिमखोला गाउँ भएर बग्ने बगर खोलामा मोना हाइड्रोपावर कम्पनीले साढे पाँच मेगावाट क्षमताको बगर खोला जलविद्युत आयोजना निर्माणको तयारी थालेपछि स्थानीयहरूले विरोध जनाएका हुन ।
बहुवर्षीय आयोजना कार्यान्वयनमा ल्याउन थालियो
गण्डकी प्रदेश सरकारले म्याग्दीमा सञ्चालन गर्न लागेका बहुवर्षीय सडक आयोजनाको कार्यान्वयन सुरु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट बजेट स्वीकृत भएका ती योजना ठेक्कामार्फत कार्यान्वयन गर्न लागिएको हो ।
मनाङका सात गाउँलेले मनाए नयाँ वर्ष
मनाङ ङिस्याङ गाउँपालिकाका सात गाउँलेले शुक्रबार भव्यताका ससाथ होलताङपा ल्होसार (डुग–ल्हो) मनाएका छन् ।
बागलुङका किसानले फलाए २० करोडका सुन्तला
बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको हो ।
ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका
समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो ।