• १० वैशाख २०८२, बुधबार

पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा अधिकारी निर्वाचित

blog

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका नवनिर्वाचित पदाधिकारी ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर २९ गते। नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका उम्मेदवार डिपी अधिकारी निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारी ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो। कुल ५१ मतमध्ये ४४ मत खसेकोमा अधिकारीले ३३ मत प्राप्त गर्नुभएको हो।

अधिकारीका निकटतम प्रतिद्वन्द्वी नारायण खड्काले ११ मत गर्नुभएको छ।  त्यसैगरी उपाध्यक्षमा प्रताप राना ३० मत प्राप्त गरी विजयी बन्नुभयो। उहाँका निकटक प्रतिद्वन्द्वी सानेबहादुर नेपालीले ११ मत प्राप्त गर्नुभयो। त्यसैगरी सचिव पदमा कृष्ण न्यौपानेले ३६ मत प्राप्त गरी विजयी बन्नुभयो। 

उहाँका निकटतम प्रतिद्वन्द्वी अस्मिता खनालले १६ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा ऋषिकान्त दुवाडीले ३० मत प्राप्त गरी विजयी बन्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी विनोद ढुङ्गानाले १३ मत प्राप्त गर्नुभयो। त्यसैगरी सदस्य पदमा विकास खनालले ४१, विष्णु गौतमले ३६, उपेन्द्र खनाल र राजेश्वर हड्खले ३० मत प्राप्त गर्दै विजयी बन्नुभयो। 

उहाँका निकटतम प्रतिद्वन्द्वी अशोक विश्वकर्माले ११ मत प्राप्त गरी पराजित बन्नुभयो। महासङ्घको उपाध्यक्षमा सम्झना रसाइली, कोषाध्यक्षमा पूर्ण बिक, समावेशी सहसचिवमा किरण श्रेष्ठ, सदस्य मुना कालिराज बिके, चित्र सोल्टी न्हान्सी तमू,  रामशरण नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको छ।