मुग्लिन–पोखरा सडक विस्तार : पोखरामा कालोपत्र सुरु
मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो ।
हाइकिङमार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब
स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ ।
विश्वका मानिसको मन लोभ्याउने मनाङ
हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् ।
गण्डकी मन्त्रिपरिषद् बैठक बागलुङको पञ्चकोटमा सुरु
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा सुरु भएको छ । पञ्चकोटमा आगामी फागुन ९ गते देखि सुरु हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारलाई सहयोग पुर्याउन गण्डकी सरकारको मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा बसेको हो ।
बारपाक सडक कालोपत्रे
गोरखा बारपाक सुलीकोट गाउँपालिका–१ र २ वडा जोड्ने सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ । सडक आयोजनका इन्जिनियर आस्था देवकोटले साढे १६ किलोमिटरमा १२ किलोमिटर कालोपत्रे र साढे दुई सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिनुभयो । “साढे पाँच मिटर चौडाइका दरले कालोपत्रे भएको छ,” उहाँले भन्नुभयो, “केही उकालो, अप्ठ्यारो र घुम्ती बाटोमा साढे दुई सय मिटर ढलान भएको छ ।” २०७२ सालमा ठेक्का सम्झौता भई काम अघि बढाए पनि ठेकेदारको ढिलासुस्तीका कारण सडक कालोपत्रे कामले गति लिन नसकेको इन्जिनियर देवकोटाको भनाइ छ ।
पर्यटन पूर्वाधार निर्माण हुँदै
बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ ।
ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’
म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ ।
स्वास्थ्य संस्थाका लागि डेढ सय कर्मचारीको दरबन्दी स्वीकृत
गत पुस २९ गते सुरु भएको पोखरा महानगरपालिकाको १४ औँ नगर सभा आइतबार राति सकिएको छ । सभाले महानगरका स्वास्थ्य संस्थाका लागि एक सय ५४ नयाँ दरबन्दी स्वीकृत गरेको छ ।
गन्धर्व बालबालिकालाई सारङ्गी बजाउने तालिम
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गर्नुुभएको थियो ।