कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतका पालिका
कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् । जिल्लाको मोदी गाउँपालिका र पैंयु गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन् ।
एउटै बोटमा दुई रङको लालीगुराँस
म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस फुलेको छ । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको हो ।
पन्चैबाजा र पुरोहित खोज्न सास्ती
बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ । अर्काकै बिहेका बाजा रन्किँदा पनि नचरी लगाइहाल्ने स्वभावका पोखरेलीलाई वैशाख ६ र ७ गतेका शुभसाइत भने रसरौसविहीन वा महँगो पर्न गएका छन् । बिहे त जु¥यो तर बाजा र कर्म गराउने पुरोहित खोज्न सास्ती छ पोखरामा । वैशाख ६ र ७ गतेका दिन सीमित लगनमा धेरैको बिहे भएकाले बाजा, पुरोहित, भोज, पार्टी प्यालेस, कपडा आदिको प्रबन्ध मिलाउन सास्ती भएको हो ।
सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा
गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ ।
अधिवेशन आह्वानप्रति कांग्रेसको असहमति
नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ ।
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश सभाको बैठक आह्वान
गण्डकी प्रदेशसभाको अधिवेशन यही वैशाख ७ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते दिउँसो ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गर्नुभएको हो ।
नार्पाभूमिमा अझै पुगेन पाठ्यपुस्तक
चारवटा स्थानीय तह रहेको मनाङको नार्पाभूमिबाहेक अन्य तीन तहमा शैक्षिक सत्र सुरुवातसँगै पाठ्यपुस्तक उपलब्ध भएका छन् । नासो, चामे र मनाङ ङिस्याङमा पाठ्यपुस्तक उपलब्ध भएका हुन् ।
गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा बुधबार बिहान गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमाल र सूर्योदय अवलोकन गर्न आज २६० जना विदेशी र ३५० जना नेपाली पर्यटक पुगेका थिए ।
वायु प्रदूषणले बिरामी बढ्दै
पछिल्लो समय वायु प्रदूषणले बिरामीको सङ्ख्या बढ्न थालेको छ । प्रदूषणले गर्दा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, आँखा चिलाउने, पोल्ने समस्या लिएर आउने बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको नवलपुर जिल्ला अस्पतालले जनाएको छ ।
ढुङ्गाका आकृतिले तान्दै पर्यटक
नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराको एक घण्टा अवलोकन गरेको थियो ।
विद्यार्थीका लागि पूरक परीक्षाको तयारी
अर्जुनचौपारी गाउँपालिकाले कक्षा ३, ५ र ८ को पूरक परीक्षा लिने तयारी गरेको छ । दुई विषय लागेका विद्यार्थीलाई पूरक परीक्षा लिने तयारी थालिएको हो ।
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आउनुभएकी दृष्टिविहीन रिता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो ।
पोखरा महानगरका दुई इन्जिनियर पक्राउ
पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा दुई इन्जिनियरलाई पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरका इन्जिनियर शिवराज बराल र सब इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरेको हो ।
जङ्गली बँदेल मकै बारीमा
गर्मी बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा किसानले लगाएका मकै बालीमा जङ्गली बँदेल पसेर खान थालेपछि स्थानीयमा त्रास बढेको छ । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका जङ्गली बँदेलले, देवचुली र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रमा किसानले लगाएको मकै बालीमा पसेर बाली खानेदेखि भाँचिदिने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको मध्यबिन्दु नगरपालिका–३ का सुवास नेपालले बताउनुभयो ।
बिनाअक्सिजन तेह्र हिमाल आरोहण
विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ ले विश्वका आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गर्नुभएको छ । इलाइट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेबिड शेर्पाले निम्सले १५ महिनामा सक्ने लक्ष्य भए पनि मौसमका कारण सम्भव नभएको बताउनुभयो ।
अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण
पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवम् रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ ।
साहित्यकार प्रकट पंगेनीको निधन
नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।
मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
मीना कँडेलकावासोती, वैशाख ४ गते। पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। मन्दिरमा बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ। नयाँ वर्षसँगै विजयादशमी, माघे सङ्क्रान्ति तथा चैतेदसैंलगायतका पर्वमा भक्तजनको भीड लाग्ने गरेको छ। यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण नवलपुरलगायत देशका विभिन्न स्थान र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्।मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ। यसका साथै प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागि समेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ। देशकै प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा मौलाकालिका केवलकार सञ्चालनमा आएसगैँ स्थानीय हर्षित भएका छन्। चैतेदसैँको अवसरमा मङ्गलबार दुई हजार भक्तजनले दर्शन गरेका छन्। मौलाकालिका केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले केबलकार सञ्चालन भएको एक वर्षको अवधिमा दुई लाख ७५ हजार भक्तजनले केबलकार चढेर मन्दिरमा पूजापाठ गरेको बताउनुभयो। केबलकार नचढी मन्दिर दर्शन गर्न जाने भक्तजन समेत रहेकाले मन्दिरमा दिनहुँ भीड लाग्ने उहाँको भनाइ छ।१६ औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वतको नाम मौला पहाड रहन गएको ऐतिहासिक महत्त्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताउनुभयो। हिन्दू पौराणिक कथाअनुसार देवी, काली वा कलिका माइलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने उनले बताए। मौलालिका मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुनःस्थापित गरिएको पराजुलीको भनाइ छ।केवकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धालाई समेत सहज भएको सापकोटाले बताउनुभयो। विगतमा दुईचार घण्टा हिँडेर मन्दिर पुग्ने गरेकोमा अहिले केवलकारले सहज बनाएको छ। ८० वर्ष नाघेका वृद्धवृद्धालाई केबलकारमा शुल्क नलाग्ने, ७० देखि ८० उमेर समूहका, विद्यार्थीलाई २५ प्रतिशत छुट भएकाले पनि मन्दिर दर्शनका लागि आउने सङ्ख्यामा वृद्धि भएको उहाँ बताउनुहुन्छ।मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ। सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ। समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर छ।
स्वास्थ्यचौकी बनाउन स्थानीयले दिए जग्गा
स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका-५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निः शुल्क उपलब्ध गराएका हुन् ।
पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने
पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहरः हरित सहर’ का रुपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।
दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक
म्याग्दीको दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् । मालिका गाउँपालिका-२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पदमार्ग, सत्तल, मन्दिरलगायत पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।
साहित्यकार पंगेनी अस्पताल भर्ना
गजलकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ अस्वस्थ हुनु भएपछि अस्पताल भर्ना हुनुभएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचार भइरहेको छ ।