लोप हुन थाले जलवायु मैत्री घुमाउने घर
तनहुँमा जलवायु मैत्री घुमाउने घर लोप हुन थालेको छ । पहिले गाउँघरमा प्रशस्त देखिने घुमाउने घर आजकल विरलै देखिन्छ ।
सिमसार मासिदा हराउँदै छन् पानीचरा
नवलपुरमा पछिल्ला वर्षमा मानवीय कारणले सिमसार क्षेत्र मासिदै जाँदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर (गरुड), किङफिसर, टुमटुमलगायतका चरा लोप हुन लागेको चराविदको भनाइ छ ।
तीन दिने चरा उत्सव कार्यक्रम हुने
नवलपुर सदरमुकाम कावासोतीमा तीन दिने चरा उत्सव कार्यक्रम हुने भएको छ । कावासोती –१३ मा माघ २६ देखि २८ गतेसम्म दोस्रो नेपाल चरा उत्सव हुने भएको हो ।
मगर दिवसमा सार्वजनिक बिदा
गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाले जनाइएको छ ।
तल्लो सेती जलविद्युतबाट वार्षिक ५२ करोड युनिट विद्युत उत्पादन गरिने
तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो ।
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य
सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।
गाउँमा सडक पुग्यो, मासिए सम्पदा
उप्किएका छपनी र लथालिङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउ लागेको कुवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रा र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।
दुई कृषकलाई एक/एक लाखकाे पुरस्कार
स्याङ्जाको बिरुवा गाउँपालिकाले दुई कृषकलाई सम्मान गरेको छ ।
दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज
गण्डकी प्रदेशको दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो ।