भकिम्ली र बेलढुङ्गामा पर्यटकको भीड (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका –३, भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका –३, ओखलेको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गामा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।
आज चैतेदसैँ, बिहानैदेखि भक्तजनको घुइँचो
आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो ।
भारतीय मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु
गएको कात्तिक दोस्रो साता नेपाल ल्याइएका भारतीय मुर्रा राँगाहरूबाट वीर्य (सिमेन) सङ्कलन सुरु भएको छ । नेपाली भैँसीको नस्ल सुधारका लागि ल्याइएका मुर्राहरू यहाँको भूगोलमा अनुकूलन गर्दै हुर्किएका हुन् ।
समयमै पुग्यो पाठ्यपुस्तक
तनहुँमा यस वर्ष शैक्षिक सत्र सुरुवातसँगै १० वटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुने बेलासम्म पनि पाठ्यपुस्तक अभाव हुने गरेको थियो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ तनहुँका अध्यक्ष रामचन्द्र सापकोटाले विगतमा नेपाली र अङ्ग्रेजी माध्यमका किताब समयमा नपाइने अवस्था रहेकोमा यस पटक पर्याप्त मात्रामा पुस्तक आएकाले सबै स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको बताउनुभयो । अध्यक्ष सापकोटाले भन्नुभयो, “तनहुँबाट सबै व्यवसायी जनक शिक्षा सामग्री केन्द्रमा गएर माग गरेका थियौँ, चाहिएको र माग गरेको सङ्ख्या बराबर पुस्तक उपलब्ध भएकाले अभाव भएन ।”
गण्डकीमा आज सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।
कोरिडोरले फेरियो जीवनशैली
नवलपुरको बुलिङटार–१ ढाँडबेसीका ३५ वर्षीय कुश माकिममगर चार वर्षअघि खाडी मुलुक साउदी अरब जानका लागि अन्तिम तयारीमा हुनुहुन्थ्यो । भिसा पनि आइसकेको थियो तर त्यहाँ रहेका नेपालीले पाएका दुःख, पीडा र सास्तीका समाचार सामाजिक सञ्जालमा देखेपछि अन्तिम समयमा उहाँको विदेश जाने मन फेरियो ।
मिलन युवा क्लब ओरस्टेलाई उपाधि
अर्जुन चौपारी गाउँपालिका–६ बजारमारा खेल मैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि मिलन युवा क्लब ओरस्टेले जितेको छ ।
प्रहरीलाई विद्युतीय साइकल
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पर्यटक प्रहरी पोखरालाई दुई विद्युतीय साइकल हस्तान्तरण गरेको छ ।
बसाइसराइको प्रभावले वन डढेलो बढ्दो
डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन् ।
आठ सयले लिए स्वास्थ्य सेवा
भिरकोट नगरपालिकाले गरेको वडा नम्बर १ को हेलूँ अस्पतालमा गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ७८५ जनाले सेवा लिएका छन् । मनमोहन मेमोरियल एण्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्थानीयले विशेषज्ञ सहितको सेवा लिएका हुन् ।
स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप
नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका-७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहनुभएको छ ।
चैतेधान खेतीको आकर्षण बढ्दो
नवलपुरमा चैते धान उत्पादन गर्ने क्षेत्रफल विस्तार हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता चैते धान उत्पादन गर्ने किसान बढेसँगै क्षेत्र पनि बढ्दै गएको हो ।
बसबाट खसेर विद्यार्थीको मृत्यु
स्याङ्जाको वालिङमा बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । वालिङ नगरपालिका–१३ स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६८९७ नम्बरको बसबाट खसेर परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थी अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुर हिल)अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ । बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको हो ।
विकासका लागि राजनीतिक प्रतिबद्धता साकार हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताउनुभएको छ ।
इलाममा उत्पादित कृषि उपज पोखरामा
इलाममा उत्पादित र नगरपालिकाले प्रवर्धन गरेको कृषि उपज सामग्री पोखरामा बिक्री भइरहेको छ । नयाँ वर्ष २०८१ बाट सो सामग्री विक्री गर्न थालिएको हो ।
राष्ट्रपति पौडेल गृह जिल्लामा
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ आउनुभएको छ । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उहाँ गृह जिल्ला आउनु भएको हो ।
बाजेले गरेको कटुवाल पेसा धान्दै मनबहादुर
नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु र्याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो । उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ ।
छ वटा सडकको स्रोत सुनिश्चित
पूर्वाधार विकास कार्यालय स्याङ्जाले छ वटा सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्दै निर्माण कार्य अगाडि बढाएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेका योजना (सडक) लाई अर्थ मन्त्रालयले बहुवर्षीय बजेट पक्का गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो ।
ढोडेँनी गाउँमा खानेपानी समस्या
मुख्य राजमार्गले छोएको तथा जिल्लाकै सुगम क्षेत्र मानिने गैँडाकोट नगरपालिका–३, ढोडेँनी गाउँका चार सय घरपरिवार खानेपानी सुविधाबाट वञ्चित छन् । पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहेको छ । मुख्य राजमार्गबाट सात किलोमिटर उत्तरमा रहेको ढोडेँनी गाउँमा अझै खानेपानी नपुग्दा दुई हजार परिवार शुद्ध खानेपानीबाट वञ्चित छन् ।
बागलुङ कालिकामा तिस हजार भक्तजन
बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिकामा नयाँ वर्षको पहिलो दिन भक्तजनको ओइरो लागेको छ । वैशाख १ गते देशका विभिन्न भागबाट ठुलो सङ्ख्यामा आएका भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । चैते दसैँ अर्थात् नवरात्रिको पाँचौँ दिन तथा नयाँ वर्ष वैशाख महिनाको पहिलो दिन शनिबार करिब ३० हजार दर्शनार्थीले पूजाआजा गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ ।
राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुर स्थित खड्ग कालिका मन्दिरको उद्घाटनको लागि राष्ट्रपति पौडेल आज तनहुँ आउनु हुने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो राष्ट्रपति बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।
पोखरा जेसीजको स्वर्ण जयन्ती सम्पन्न
पोखरा जेसीजको स्वर्ण जयन्त सम्पन्न भएको छ । अध्यक्ष देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
जङ्गलभर गुराँस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको फूल र जङ्गलमा चर्दै गरेका घोडा ।