अर्जुन काफ्ले
स्याङ्जा, पुस ८ गते । नेपाली सेनाका धावक करण रावल पाँचौ क्रसकन्ट्रीको च्याम्पियन बन्नुभएको छ । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको राष्ट्रिय स्तरको प्रतियोगितामा सोमबार भएको पाँचौ संस्करणको क्रसकन्ट्रीमा रावलले एक घण्टा २७ मिनेट ५२ सेकेन्डमा २५ किमी दूरी पार गर्दै उपाधि सहित ५० हजार रुपियाँ हात पार्नुभएको हो ।
सेनाकै टंकबहादुर कार्कीले एक घण्टा ३२ मिनेट ९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र तेस्रो रमेश लिम्बुले एक घण्टा ३२ मिनेट ५९ सेकेन्डमा दुरी पार गर्नुभएको हो । कार्कीले ४० हजार रुपियाँ र लिम्बुले ३० हजार रुपियाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको हो ।
पुतलीबजार नगरपालिका–९ कोल्मा बराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरमा आएर टुङ्गिएको हो । २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडमा सनम गुरुङले ४६ मिनेट ३५ सेकेन्डमा दुरी पूरा गर्दै उपाधि जित्नुभएको हो । बिजेता बन्दै गुरुङले १५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।
यस्तै उपविजेता पदमबहादुर मानन्धरले ४९ मिनेट ३५ सेकेन्ड र तेस्रो रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्नुभएको हो । मानन्धरले १० हजार र बुढाथोकीले पाँच हजार रुपियाँ प्राप्त गर्नुभएको हो । खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा रविना बुढामगरले एक घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नु भएको हो । बुढामगरले उपाधि सहित १५ हजार नगद जित्नु भएको हो । उपविजेता विमला मानन्धरले एक घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरेर १० हजार रुपियाँ जित्नु भएको मञ्चका महासचिव जीवनप्रसाद पोख्रेलले बताउनुभयो ।
विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृती माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान हासिल गर्नु भएको हो । रिले दौडको विजेताले १२ हजार, आठ हजार र चार हजार रुपियाँ जितेका हुन् ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरन्द्र राज पाण्डेले पुरस्कार वितरण गर्नुभएको हो । ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्न, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पु¥याउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले यहाँ प्रतियोगिता गर्दै आएको हो ।