नवलपुर समाचारदाता
नवलपुर, पुस १२ गते । नवलपुर सदरमुकाम कावासोतीमा रहेको पर्यटकीय स्थल पोखरीतालमा वनभोज खान जानेको लर्को लाग्ने गरेको छ । पूर्वपश्चिम राजमार्गको फलफूल चोकदेखि साढे पाँच किलोमिटरको दुरीमा रहेको पोखरीतालमा एकै दिन बुधबार अहिलेसम्मकै धेरै ४० वटा समूह वनभोजका लागि पुगेका पोखरीताल पर्यटकीय स्थल व्यवस्थापन समितिका अध्यक्ष भक्तिराम भट्टराईले जानकारी दिनुभयो ।