सम्पदा संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्ने
ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
रेसुङ्गा विमानस्थलमा प्रहरी पोष्ट
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि नियमित उडान सुरु भएको यस विमानस्थलको सुरक्षाका लागि नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको बताइएको छ ।
पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते
पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँसो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता
नेपालगञ्ज उपमहानगरपालिका-१० स्थित नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरूको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ ।
रुपन्देहीको कञ्चनमा कपडा बैङ्क सञ्चालन
कपडा बैङ्क सञ्चालन गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका नेपालकै पहिलो गाउँपालिका बनेको छ । यसअघि नगरपालिका र उपमहानगरपालिकामा कपडा बैङ्क सञ्चालनमा आइसकेको छ ।
आठ महिनामा ६२ प्रतिशत राजस्व सङ्कलन
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
तरकारी खेतीबाट मासिक लाख आम्दानी
एक दशक विदेशी भूमिमा बसेर फर्किनुभएका दुई युवाले तरकारी खेतीबाट मासिक एक लाख रुपियाँ आम्दानी गर्नुभएको छ । जिल्लाको रामपुर–४, देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले तरकारी खेतीबाट मासिक एक लाख आम्दानी गर्नुभएको हो ।
नेपालगन्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । महिला–पुरुष अपाङ्गमैत्री शौचालयसहित दुई ठुला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ बेड र १६ अक्सिजन सिलिण्डरसहितको बहुउद्देश्यीय भवन भवन सञ्चालनमा आएको हो ।
विद्यार्थीलाई नौमती बाजा बजाउन सिकाइँदै
गुल्मीको तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयले विद्यार्थीलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको छ । रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा यहाँ अध्ययनरत विद्यार्थीलाई पढाइको साथमा सिपसँग जोड्नको लागि नौमती बाजा बजाउने तालिम प्रदान गरिएको प्रधानाध्यापक भागिरथ भण्डारीले जानकारी दिनुभयो ।
लुम्बिनीमा बिमा गर्नेको सङ्ख्या १८ प्रतिशत मात्र
लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १८ प्रतिशत मात्र जनसङ्ख्या बिमाको दायरामा आएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण थापाले गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशको कुल जनसङ्ख्यामध्ये जम्मा १८ दशमलव ६९ प्रतिशत नागरिकले मात्र बिमा गरेको बताउनुभयो । उहाँले बिमा गरेकामध्ये पनि अधिकांशले जीवन बिमा गरेको बताउनुभयो ।
खयरको रुख काटेको पुष्टि, वन अध्यक्ष र सचिव पक्राउ
सामुदायिक वन समूहका पदाधिकारीको मिलोमतोमा अनुमतिभन्दाबाहिर गई ८४ वटा खयरका सग्ला रुख काटिएको फेला परेपछि सिरियानाका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मतीबहादुर सुनार र सचिव ओमबहादुर पुन पक्राउ परेका छन् । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले चुरे वन क्षेत्र अन्तर्गत पर्ने राजपुर गाउँपालिका–१, सिरियानाका सामुदायिक वन समूहका अध्यक्ष र सचिवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको बताउनुभयो ।
रिडीमा विश्रामस्थल बन्ने
अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले संयुक्त लगानीमा कालिगण्डकी किनार रिडीमा विश्राम स्थल बनाउने भएका छन् । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा हिन्दु धर्मावलम्बीको अन्तिम दाहसंस्कार गर्ने ठाउँ नजिकै छत्रदेव(रुरु क्षेत्र विश्राम स्थल निर्माण गर्न लागिएको हो ।
दुर्घटना न्यूनीकरणका लागि कपिलवस्तु नगरपालिकाले प्रहरीलाई दियो रोड ब्यारिगेट
कपिलवस्तु नगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुलाई रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण र रोकथामका लागि नगरपालिकाले प्रहरीलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको हो ।
नयाँ समीकरणले संकटमा लुम्बिनी प्रदेश सरकार
सङ्घीय सरकारमा सत्ता गठबन्धन फेरबदल भएसँगै लुम्बिनी प्रदेश सरकार सङ्कटमा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकार पनि सङ्कटमा परेको हो।
घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण
गुल्मीको रेसुङ्गा नगरपालिकाले अशक्त अपाङ्ग व्यक्तिहरूलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको छ ।
ब्राउन सुगरसहित दुईजना भारतीय नागरिक पक्राउ
ठुलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
महिला भलिबल : एपीएफ र बागमती फाइनलमा
विभागीय टिम एपीएफ र बागमती प्रदेश प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सिमसार क्षेत्र संरक्षणमा जुट्दै स्थानीय
नवलपुर जिल्लाको देवचुली नगरपालिकामा रहेको शनिश्चरे तालको संरक्षणमा स्थानीय लागि परेका छन् । जिल्लाकै ठुलो ताल शनिश्चरे तालको पुनर्निर्माण गरिएको छ ।
फरार प्रतिवादी पक्राउ
गाई मारेको मुद्दामा फरार एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ च्यानडाँडाका २० वर्षीय हरि नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
कृषि मन्त्री यादवद्वारा साना सिँचाइ आयोजना अनुगमन
लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले खजुरा गाउँपालिकामा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित साना सिँचाइ आयोजनाहरूको अनुगमन गर्नुभएको छ ।
सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु
कपिलवस्तु नगरपालिकामा सातौँ नगर स्तरीय मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले गर्नुभएको हो ।
लुम्बिनी शिखर सम्मेलन स्थगित
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ ।आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो ।