दुई लाख बराबरका अवैध कपडा बरामद
कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ ।
भैरहवा भन्सारबाटै रुट पर्मिट सेवा
बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै अस्थायी पटके इजाजत पत्र (रुट पर्मिट) सेवा सुरु भएको छ ।
सरसफाइ अभियान सफल पार्न ‘घरदैलो’
नेपालगन्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्य वडाभित्रका प्रत्येक नागरिकको घरघरमा पुग्नुहुन्छ । साँझबिहान जसो दलबलका साथ उहाँ हरेक नागरिकको घरको ढोका ढोकामा पुगेर ‘घरदैलो’ गर्नुहुन्छ ।
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
केन्दीय प्रहरी कार्यलयले वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका २ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको हो।
सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताउनुभएको छ ।
तानसेनमा व्यापार तथा पर्यटन महोत्सव सुरु
पाल्पाको तानसेनमा कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । सुस्त बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटकीय स्थलहरूको प्रचार गरी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । यस्तै घरेलु तथाा साना उद्योगबाट उत्पादित बस्तुको प्रचार एवं बिक्री गर्न पनि महोत्सवले सघाउने आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।
‘विकासको गति बढाएका छौँ’
बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो गाउँपालिकामा पर्छ । विकासका दृष्टिकोणले पनि यो पालिकाले रचनात्मक प्रयास थालेको छ । २०७९ साल वैशाख ३० गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट राप्तीसोनारी गाउँपालिकाका अध्यक्षमा तप्तबहादुर पौडेल निर्वाचित हुनुभयो । पाँच वर्षीय कार्यकाल अन्तर्गत करिब दुई वर्षको समयसीमा पूरा हुँदै छ । यस अवधिमा गाउँपालिकाले गरिरहेको विकास अभ्यास, चुनौती र सम्भावनाका विषयमा गोरखापत्रकर्मी सावित्री गिरीले अध्यक्ष पौडेलसँग गरेको कुराकानीको सारसङ्क्षेप :
तिलौराकोटमा भेटियो छ्योरतेन
प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको छ । यस वर्ष पनि पूर्वी विहार क्षेत्र र दरबार क्षेत्रभित्र रहेको केन्द्रीय संरचना परिसर थप अनुसन्धानका लागि उत्खनन गरिएको हो । लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीका अनुसार तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको हो । उहाँले गत वर्षको उत्खननमा प्राप्त स्तूप, त्यसमाथि पोस्टहोल, टायल र गजुर भेटिएको हुनाले नेपालको उत्तरी भागमा यस्ता छ्योरतेन देख्न सकिने बताउनुभयो ।
भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीति जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नेताहरूको कर्मले जनताका लागिभन्दा पनि आफू र परिवारका लागि काम गरेको देखिाएकाले त्यसले जनतालाई दुःखी बनाएको उहाँको भनाइ छ ।
हाम्रो संघीयता मौलिक छ, मिलेर संस्थागत गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता पूर्ण कार्यान्वयन गर्न सबैको साझा सहमति आवश्यक पर्ने बताउनुभएको छ ।
व्यावसायिक उखु खेती गर्दै एग्रिकल्चर उद्योग
बाँकेमा अर्ग्यानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन् ।
वडा कार्यालय भवनको शिलान्यास
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो ।
‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु
फुटबलका प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसाथ कोहलपुरमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु भएको छ ।
गाउँपालिकामा १३ करोडको योजना सम्झौता
कपिलवस्तुको विजयनगर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक विकासका लागि पालिका र गैरसरकारी संस्थाबिच सम्झौता भएको छ ।
बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
तेस्रो युवा सम्मेलन २० गतेदेखि
नेपाल युवा परिषद् लुम्बिनी प्रदेशको तेस्रो युवा सम्मेलनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुहुने भएको छ ।
सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ ।
अर्घाखाँचीमा आगलागी नियन्त्रणको पूर्वअभ्यास
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ मा रहेको टुँडिखेलमा आगलागीका घटना न्यूनीकरण गर्न कृत्रिम घटना सृजना गरी नियन्त्रणको पूर्वअभ्यास गरिएको छ ।
नेपालगञ्ज–गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने
नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माण हुने भएको छ ।
कार्यसम्पादनमा उत्तम विद्यालय रेसुङ्गा मावि
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ स्थित रेसुङ्गा माध्यमिक विद्यालय कार्यसम्पादनमा उत्तम विद्यालयको रूपमा रहेको छ ।
नेपालगन्जमा ८८ प्रतिशतले मात्र लगाए खोप
बाँकेको चार वटा पालिकामा लक्ष्यभन्दा बढी बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएपनि जिल्ला सदरमुकाम नेपालगन्जमा भने ८८ प्रतिशतले मात्रै खोप लगाएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा सहयोग बढाउने दातृ निकायको प्रतिबद्धता
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरूले चासो बढाएका छन् ।
९१ वर्षीय प्रेमलाल उत्कृष्ट विद्यार्थी
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गर्नुभएको छ ।
राष्ट्रिय महिला भलिबलमा शनिबार पाँच खेल हुँदै
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार पाँच खेल हुँदैछ । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धनमा भइरहेको प्रतियोगितामा पहिलो चरणको पाँच खेल हुने आयोजकले जनाएको छ ।