किसानलाई ५० प्रतिशत गहुँ अनुदान
सन्धिखर्क नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँ वितरण गरेको छ । किसानलाई एक सय २० क्विन्टल उन्नत जातको गहुँको बीउ वितरण गरेको हो ।
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, एक गम्भीर
नेपालगन्ज ४ बसपार्क बाइपास रोड मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीमा भारतीय कार दुर्घटना : दुई जनाको अवस्था अज्ञात
भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।
मुस्लिम अगुवाले टीका लगाएर मनाए तिहार
सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाले हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन्।
बाँकेमा दस हजार लागूऔषध प्रयोगकर्ता
भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासंघले जनाएको छ ।
धान बिक्री गर्न लैजाँदै किसान
धान बिक्री गर्न घोडाले तान्ने बग्गीबाट नेपालगन्ज बजार लैजाँदै बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान ।
जनशक्तिको अभावले औषधी व्यवस्था विभागका अनुगमनमा समस्या
औषधी व्यवस्था विभागको नेपालगन्ज शाखामा जनशक्तिको अभावले अनुगमनमा समस्या हुँदै आएको छ ।
पानीको डरले धान थन्क्याउँदै किसान
बाँकेको डुडुवा गाउँपालिका –५ सिधनियास्थित खेतमा धान थन्क्याउँदै किसान । पानी पर्ने डरले तिहारको बेला पनि किसानहरु धान थन्क्याउन व्यस्त रहेका छन् ।
ब्रह्मा कुमारी नेपालगन्जमा भाइटीका
यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मुख्य दिन दिदीबहिनी नभएका र दिदीबहिनी भएका दाजुभाईहरु पनि भाइटीका लगाउन सहभागी हुने गरेका छन् ।
तोरी फुलेर बारी पहेँलै
गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ । यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्तै सुन्दर दृश्य देखिएको छ ।
थाइ एअरले थाल्यो भैरहवा–बैंकक उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि सुरु भएको हो ।
‘तिहारले प्रकृति, मानव जीवन र प्राणी जगत्को सम्बन्धलाई उजागर गर्छ’
मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको बताउनुभएको छ ।
नेपालगन्जमा रचना वाचनसँगै शुभकामना आदानप्रदान
भेरी साहित्य समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती, रचना वाचन र शुभकामना आदान प्रदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ।
तोरी फुलेको बारी (फोटो फिचर)
पाल्पाको विभिन्न स्थानमा तोरी फुलेका छन्। केही महिनाअघि यहाँका किसानले लगाएका तोरी फुलेर बारी पहेँलै बनेका छन्।
तिनाउ नदीमा डुबेर बालक बेपत्ता
तिनाउ नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । भारत गोण्डाका १२ वर्षीय बालक मोहम्मद मुसबसिर खान पाल्पा तिनाउ गाउँपालिका ३ ड्यामस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका हुन् ।
ड्रयागन फ्रुट खेतीमा रमाउँदै कृषक राना
देशको अधिकांश युवाहरु रोजगारीका लागि विदेश होमिन लागेका बेला केही युवाले अझै पनि आफ्नै देशमा रगत पसिना बगाएर काम गर्ने सोचका साथ जुटेका छन् ।
नेपाल संवतकाे अवसरमा शुभकामना र्याली
नेपाल संवत ११४५ को अवसरमा जिल्लाको रामपुरमा शुभकामना र्याली निकालिएको छ । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा शनिबार र्याली निकालेर शुभकामना आदानप्रदान गरेको हो ।
शङ्खधर साख्वाको शालिक बनाउन प्रदेश सरकार तयार छ : मन्त्री अग्रवाल
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले नेपालगन्जमा शङ्खधर साख्वाको शालिक निमाण गर्नका लागि प्रदेश सरकार सदैव सहयोगी रहेको बताउनुभएको छ ।
दालको खेती छाडेर बदाम खेतीतर्फ आकर्षण
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसानहरुले रहर (अडहर)को खेती छाडेर पछिल्लो समयमा बदाम (ममफली) खेतीतर्फ आकर्षित भएका छन् । केही वर्ष अघिसम्म पनि रहरको खेती गर्ने त्यहाँका किसानहरुले अहिले भने बदाम खेतीमा राम्रो आम्दानी हुने भएको भन्दै बदाम खेतीतर्फ आकर्षित भएका हुन् ।
मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु
दाङमा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
सामाजिक सदभावकाे सन्देश दिन देउसी भैलो
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य ढकालको नेतृत्वमा रहेको एमाले बाँकेको देउसी भैलो टोलीलाई शुक्रबार पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले घरमा स्वागत गर्नुभयो ।
माडीले बगाउँदा दुई जनाको मृत्यु
प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो ।
बाँकेमा एक महिनामा दुई सय ट्राफिक सचेतना कार्यक्रम
चाडपर्वको बेलामा सडक दुर्घटना रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि सुरुगरेको ट्राफिक नियम सचेतना अभियान अन्तर्गत एक महिनामा दुई सय बढी सचेतनाका कार्यक्रम गरेको छ।
धान स्याहार्दै किसान
घोराही उपमहानगरपालिका १६ बयरबटुवाका किसान धान स्याहार्दै ।