• १० मंसिर २०८१, सोमबार

अर्घाखाँचीमा भारतीय कार दुर्घटना : दुई जनाको अवस्था अज्ञात

blog

दुर्घटनाग्रस्त कार । तस्बिरः अर्घाखाँची प्रहरी

गणेश खनाल

अर्घाखाँची, कात्तिक १८ गते। भारतीय नम्बर प्लेटको  कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन्। 

सडकबाट करिब आठ सय मिटर तल कार भेटिए पनि त्यसमा सवार दुई जनाको अवस्था अज्ञात रहेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयो।

कारमा सवार चालक र सहचालक नभेटिएको प्रहरीको भनाइ छ। कार पूर्ण रूपमा क्षतविक्षत भएको छ। 

प्रहरीले खोजीकार्य जारी राखेको छ। दुर्घटनास्थल निकै अप्ठेरो रहेकाले उद्धार र खोजी कार्य गर्न असहज भइरहेको प्रहरीको भनाइ छ।