• २३ मंसिर २०८१, आइतबार

घाइतेको उपचारमा कुनै कमी हुन हुँदैन : मुख्यमन्त्री आचार्य

blog

घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य।

कपिल ज्ञवाली

सिद्धार्थनगर, कार्तिक २० गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ। 

बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेको अवस्थाबारे जानकारी लिनुभएको हो। अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीमा सोमबार दिउँसो भएको दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी नहुनेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो। 

बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेलाई भेट गर्दै स्वास्थ्यवस्था बारे जानकारी लिनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। सो क्रममा मुख्यमन्त्री आचार्यले घाइतेको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहलाई निर्देशन दिनुभएको छ।

दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए। घाइतेको हाल अस्पतालमा उपचार भइरहेको छ। भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको बस अनियन्त्रित हुँदा दुर्घटना भएको थियो।