• १० मंसिर २०८१, सोमबार

भेरी अस्पतालमा दुई लाखभन्दा बढीको एचआईभी परीक्षण

blog

एचआईभी सङ्क्रमितको उपचारमा अब्बल बन्दै गएको भेरी अस्पताल। तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २० गते।  सन् २००४ मा भेरी अस्पतालमा स्थापना भएको एआरटी युनिटले अहिलेसम्म एक हजार नौ सय जनाको रोग पहिचान गरेको छ भने दुई लाखभन्दा  बढीको एचआइभी परीक्षण गरेको छ। 

भेरी अस्पतालका एचआइभी फोकल पर्सन तथा सूचना अधिकारी डा. संकेतकुमार रिसालले एचआइभी सङ्क्रमितको पहिचान र उपचारका लागि एआरटी सेवा निकै प्रभावकारी देखिएको बताउनुभयो। 

डा. रिसालका अनुसार एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट जन्मेका सन्तानमा ’पोजिटिभ’ देखिएको छैन, जुन सबैभन्दा सकारात्मक कुरा हो। 

उहॉले एचआइभी एड्सलाई अन्य रोगसरह नै मानेर चेकजाँच गराउन सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो। 

उता भेरी अस्पतालमा रहेको एआरटी युनिटबाट ५८८ जना एचआइभी सङ्क्रमितले नियमित औषधी सेवन गरिरहेका छन्। 

अस्पतालको एनआरटी युनिटका अनुसार तीमध्ये २९१ पुरुष, २५८ महिला, १५ जना बालक, १४ जना बालिका र १० जना अन्य छन्। 

एआरटी युनिटबाट नियमित औषधी सेवन गर्नेमा नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी ११४ जना र सबैभन्दा कम जानकक १९ जना रहेको एआरटी काउन्सेलर इन्द्र सैनीले बताउनुभयो। 

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले उपमहानगरपालिकाले एचआइभी सङ्क्रमित बालबालिकालाई मासिक पाँच हजार रुपियाँ अनुदान उपलब्ध गराइरहेको बताउनुभयो।