सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै यो पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
एमाले सचिवालय बैठक बस्दै
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।
नेपालको विविधता विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी रहँदै आएको बताउनुभएको छ ।
नेपाल बहुजातीय र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ ।
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
सार्कलाई सक्रिय बनाऔँ
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको बताउनुभएको छ ।
‘निजामती कर्मचारीको अवकाश उमेरबारे गहन छलफल होस’
सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान जोड दिनुभएको छ ।
अखिल क्रान्तिकारीको निर्वाचन तालिका सार्वजनिक : उमेर हदबारे पुस १३ गते मतदान
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को निर्वाचनका लागि ३२ वर्ष उमेर हद लाग्ने वा खुला गर्ने भन्ने विषयमा पुस १३ गते मतदान हुनेभएको छ।
विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
राजनीतिक परिवर्तनजस्तै आर्थिक समृद्धिको नेतृत्व गर्न कांग्रेस सक्षम : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको बताउनुभएको छ।
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अङ्कुश लगाउनेगरी कानुन नबनाउने बताउनुभएको हो ।
संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरु खोज्न भौंतारिन नहुने बताउनुभएको छ ।
संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
शैक्षिक क्षेत्रको विकासका लागि सुधारका कार्य आवश्यक : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि सुधारका धेरै कार्य अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ ।
संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्छः कांग्रेस नेत्री संग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभएको छ ।
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिनुभयो ।
पुग्दैन समितिमा गणपूरक सङ्ख्या, कानुन निर्माण सुस्त
जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ ।
अर्याल रास्वपा कार्यवाहक सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी) अर्यालले पाउनुभएको छ ।
विधेयकमा प्रस्तावित व्यवस्थाको आलोचना
राष्ट्रिय सभाका सदस्य तथा शिक्षाविद्ले शैक्षिक संस्थाको पाठ्यक्रम निर्माणबारे प्रस्तावित व्यवस्थाको आलोचना गरेका छन् ।
सादगी नायक ‘किसुनजी’
प्रजातन्त्र पुनर्स्थापानाका लागि २००७ सालको जनआन्दोलनका नायक, सन्त नेता, पूर्र्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सोमबार १०१ औँ जन्मजयन्ती ।