'सहकारी पीडितहरुको रकम फिर्ता गर्ने काममा सरकार लागेको छ'
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारी पीडितहरुको रकम व्यवस्थित रुपमा फिर्ता गर्ने काममा सरकार लागेको बताउनुभएको छ ।
विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस् : खेलकुदमन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सत्ता साझेदार दलका तीन कार्यदल
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकार सञ्चालन र संसद् प्रभावकारी बनाउन तथा संविधान संशोधनका लागि छुट्टाछुट्टै तीन वटा विषयगत कार्यदलमार्फत द्रुतत्तर गतिमा अघि बढाउने समझदारीमा पुगेका छन् ।
सरकारको कामप्रति एमाले सन्तुष्ट
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारको समीक्षा गरेको छ ।
सहकारीको पैसाबाट रविलाई ‘मिडिया’ को सेयर
पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ
संविधान संशोधन गर्न कार्यदल गठन गर्ने एमालेको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनु भएको छ ।
एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिनालाई ६ महिना निलम्बन
नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावललाई एमालेले साधारण सदस्यबाट हटाएको छ ।
दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ।
राप्रपा सभापति गैह्रेको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहनु भएका नेता गैह्रेको ६२ बर्षको उमेरमा मङ्गलबार राति निधन भएको उहाँका दाजु जगदिशप्रसाद गैह्रेले जानकारी दिनुभयो ।
संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ
सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
अराजकता मौलाउन दिइनु हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताउनुभएको छ । बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘ऐतिहासिक परिवर्तनमा कांग्रेस र एमाले एकताबद्ध छन्’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताउनुभएको छ ।
एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ। बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो।
सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने दावा गर्नुभएको छ ।
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
नेपाल कोरियाबीचको सम्बन्ध ऐतिहासिक छ । सन् ३७२ मा कोरियामा बौद्ध धर्म प्रवेशसँगै लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध विकास भएको मानिन्छ ।
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताउनुभएको छ ।
सबै धर्मको सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सदभावयुक्त परम्परा रहेको बताउनुभएको छ ।
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै यो पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
एमाले सचिवालय बैठक बस्दै
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।
नेपालको विविधता विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी रहँदै आएको बताउनुभएको छ ।
नेपाल बहुजातीय र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ ।
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।