सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आराेपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।
प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्न कार्यतालिका परिमार्जनसहित पारित
श्रीलङ्काका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ ।
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
संसदमा विचाराधिन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारुढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ । संघीय संसदका सदस्यहरुले विधेयकहरुमा खुला छलफल गर्न सकुन् भनेर ह्विप नलाग्ने व्यवस्था छ । तर दुई दलीय संयन्त्रले विधेयकमा के गर्ने ? के नगर्ने ? भन्दै निर्देशन दिनसक्ने संशयले संघीय संसद र समितिहरुमा सिण्डिकेट खडा हुनसक्ने विश्लेषण हुन थालेको छ । संसदीय समितिहरुमा लामो समयदेखि विधेयकहरु छलफलमै रहेको आलोचना खेपिरहेका दलहरुले छिटो पास गर्नेगरी संघीय संसदको नियमावली समेत संशोधन गर्ने तयारी गरिरहेका छन् । यसै सन्दर्भमा नेकपा एमालेका सचिव तथा संसदीय विभाग प्रमुख योगेश भट्टराईसँग गरिएको संक्षिप्त कुराकानीः
सम्प्रभुतामा प्रश्न उठ्ने गरी सम्झौता भएको छैन
सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सम्बन्धमा भारत र चीनबिच हालै भएको सहमति नेपालको सम्प्रभुता र नक्सामाथि प्रभाव पार्ने किसिमको नभएको बताउनुभएको छ ।
प्रदेश सिटिइभिटीको निर्देशकमा लामा नियुक्त
बागमती प्रदेश सरकारले बागमती प्रदेशको प्रदेश प्राविधिक तथा व्यावसायिक एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गरेको छ ।
परराष्ट्रमन्त्री राणा शुक्रबार धनगढी आउनुहुँदै
परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार कैलालीको धनगढी आउने कार्यक्रम तय भएको छ । कैलालीको चिसापानीमा निर्माण हुन लागेको जाल्पादेवी केबुलकारको शिलान्यास गर्न उहाँ कैलाली आउन लागेको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत
निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् ।
विषयगत समितिको भागवण्डामा सहमति
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका विषयगत समितिको भागवण्डा टुंगो लागेको छ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई दलबिच छलफलको आधारमा समितिको भागबन्डा टुंगो लगाएको जानकारी दिनुभयो।
‘आदिवासीको अधिकार खोस्ने प्रयत्न भइरहेको छ, सचेत बनौँ’
पूर्वमन्त्री तथा आदिवासी जनजाति अगुवाले आदिवासी जनजातिको प्राप्त अधिकार विभिन्न नाममा खोस्ने प्रयत्न भइरहेको भन्दै समयमै सचेत बन्नुपर्ने बताएका छन्।
मेडिकल कलेजको शुल्क घटाउन एमाले बाँकेको माग
नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क घटाउन माग गरेको छ।
अख्तियारले सबैले महसुस गर्ने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि सबैले देख्ने र महसुस गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ।
अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबिच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
मिडिया क्षेत्रलाई मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ ।
गोरखापत्रको समावेशी अभ्यास प्रशंसनीय छः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पहिचानको प्रमुख आधार भाषा भएकाले गोरखापत्रले विभिन्न मातृभाषी पृष्ठ प्रकाशन गरेर प्रसंशनीय काम गरेको बताउनुभएको छ ।
नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताउनुभएको छ ।
संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशसँग संसदीय मैत्री समूह गठन
सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गर्नुभएको छ ।
सङ्घीय सरकारले जे भन्छ त्यही गर्न बाध्य छौं : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणले सङ्घीय सरकारले जे भन्छ त्यही गर्न आफूहरू बाध्य भएको बताउनुभएको छ ।
मन्त्रालयका सेवा सबै प्रदेशमा विस्तार गर्दैछौं : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवा सातवटै प्रदेशमा विस्तार गर्दै सङ्घीयता सवलीकरणमा लागिरहेको बताउनुभएको छ ।
कास्की अदालतमा रविको बयान सुरु
जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेको बयान न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।
जलवायु परिवर्तनका चुनौती समाधानमा सबै जुट्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताउनुभएको छ ।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा सदस्य मनोनयन
नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गर्नुभएको हो ।
कांग्रेसको सयदिने अभियान : काम सक्न बाँकी जिल्लालाई माघ १६ गतेसम्म समय
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पुस १६ गते अभियान समापन हुने बताइएको भए पनि काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको हो।
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।