रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।
अहिले काँग्रेसमा विचलन छ : नेता कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गर्नुभएको छ ।
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन
काठमाडौं विश्वविद्यालयको ९८ औँ सभाको सोमबारको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको छ ।
नेपालले उल्लेख्य प्रगति गरे पनि युवा पलायन रोकिएन : नेता रिजाल
नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन नरोकिएको बताउनुभएको छ ।
‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समाधान हुन सकेनन्’
संघ र प्रदेश सरकारबिच वनसँग सम्बन्धी कार्यालयहरुको सम्पर्क टुट्दा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्रका समस्या समाधानमा असहजता आएको सरोकारवाला निकायहरुले बताएका छन् ।
सूर्यदर्शन सहकारी : छविको बयान सुरु
आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गरेपछि सोमबारबाट बयान सुरु भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीसम्बन्धी मुद्दा परेको छ । गोरखा मिडिया नेटवर्कका पूर्वउपाध्यक्षसमेत रहनुभएका छविलाल जोशीको बयान लिन सुरु भएको हो ।
पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु हो : प्रथम राष्ट्रपति डा. यादव
प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताउनुभएको छ ।
राजनीतिक नियुक्ति सहमतिको आधारमा टुङ्ग्याउने
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राजनीतिक नियुक्तिहरु सहमतिका आधारमा चाँडै टुङ्ग्याउने सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच बनेको सुदूरपश्चिम स्तरीय राजनीतिक संयन्त्रले निर्णय गरेको छ ।
विमानस्थल सुधारको कार्ययोजना १५ दिनभित्र पेश गर्न मन्त्री पाण्डेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ ।
सिद्धार्थनगरसँग साझेदारी गर्न ब्रिटिस दूतावासको चासो
गौतमबुद्धको प्रवेसद्धार रुपन्देहीको सिद्धार्थनगर नगरपालीकासँग साझेदारी गर्न ब्रिटिस राजदूतावासले चासो देखाएको छ । नगरमा रोजगारी सिर्जना गर्न, बालबालिका कार्यक्रम, प्रणाली सुधार, नव प्रवर्द्धन कार्यक्रम, स्थानीय पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दूतावासले चासो देखाएको हो ।
वातावरण जोगाउन सबै लाग्नुपर्छः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मानवीय वातावरण र सम्पदालाई जोगाउनुपर्ने बताउनुभयो । जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण विषयक कार्यक्रमलाई सोमबार हेटौँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेसको मूल चुनौती पार्टी व्यवस्थापन हो : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चुनौती रहेको बताउनुभएको छ ।
राष्ट्रपतिसमक्ष पाँच राजदूतको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ ।
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्र मन्त्री डा. राणा स्वदेश फर्कँदै
परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ ।
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।
रवि, छविसहित ४४ जनाविरुद्ध मुद्दा
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ।
नेपाललाई ‘ग्रे लिस्ट’ मा पर्न नदिऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारका लागि सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।
केही नेपाल ऐन संशोधन विधेयक : फौजदारी मुद्दा फिर्ता नहुने
राज्यसँगको राजनीतिक सहमतिका आधारमा शान्तिपूर्ण राजनीतिमा आएका राजनीतिक दल वा समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने प्रस्तावित व्यवस्थाबाट सरकार पछाडि हटेको छ ।
किशोरी शिक्षित भएमात्र समाज परिवर्तन हुन्छ
मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिबारीले किशोरीहरु शिक्षित भएमात्र समाज परिवर्तन हुने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभएको छ ।
यो सरकारको विकल्प छैन : नेता ढुङ्गेल
नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले यो मुलुकको विकासका लागि वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको छ । आइतबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीसँगको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ।
डेनमार्कको राजदूतमा तुलाधर नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ।
गोदावरी रंगशाला निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय
सरकारले गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि राष्ट्रिय वनको ३.४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।
सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताउनुभएको छ।