राज्यमन्त्री बम चढेको गाडी दुर्घटना
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ ।
प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।
कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गर्नुभएको छ ।
एनपिएल विजेता जनकपुरलाई राष्ट्रपतिको बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ।
मनहरी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास
मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शनिवार शिलान्यास गरिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो ।
नेता महरलाई जेसीजको मानार्थ सदस्यता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१ औं महाधिवेशन उद्घाटन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गर्नुभएको छ ।
सभ्यताको मुहान ध्यान : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यताको मुहान ध्यान भएको बताउनुभएको छ । विश्व ध्यान दिवसका अवसरमा ‘आन्तरिक शान्तिः विश्वव्यापी सद्भाव’ भन्ने नाराका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
नेपाली कांग्रेस प्युठानको पालिका सम्मेलन सुरु
नेपाली कांग्रेस प्युठानले पालिका सम्मेलन सुरु गरेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा सम्मेलन गर्ने गरी शनिबार सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरिएको नेपाली कांग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
जनताको अवस्था सुधार्न सरकार प्रयासरत : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जर्मनीका लागि नेपाली राजदूत डा. रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा शनिबार यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उहाँले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारीद्वारा कुलदेवी मन्दिरको दर्शन
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शाह वंशको कुलदेवी मन्दिरको दर्शन गर्नुभएको छ । भण्डारीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ सटुकामा रहेको आलमदेवी मन्दिरको दर्शन गर्नुका साथै विशेष पूजा गर्नु भएको हो ।
‘मुलुकमा विकासै भएन भन्ने भाष्य निर्माण नगरौं’
प्रतिनिधिसभा सदस्य दीपा शर्मा नेकपा (एमाले) को केन्द्रीय सदस्य हुनुहुन्छ । दैलेखमा जन्मेर बाँकेलाई कर्मभूमि बनाउनुभएकी सांसद शर्मा सशक्त महिला अभियन्ता पनि हुनुहुन्छ ।
ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ ।
कैफियत देखिए अधिकृतलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्छ
पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिनका लागि सिफारिस गरेपछि उपप्रमुख सुनिता डंगोलले कैफियत देखिए जिम्मेवारीबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।
‘सरकारलाई असफल हुने छुट छैन’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ।
पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ।
उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ।
कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताउनुभएको छ।
काठमाडौँ महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस
काठमाडौँ महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ।
जिबीसहित १९ जनालाई थप अभियोग, रविविरुद्ध आइतबारमात्रै
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको हो । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण थपिएको जानकारी दिनुभयो ।
अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार स्वदेश फर्किनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्कनुभएको हो ।