'विद्युत् निर्यात गरेर समृद्धि बढाउन सकिन्छ’
सांसद रामहरि खतिवडाले नेपाली लगानीकर्तालाई प्रोत्साहन गरी स्वदेशी लगानीको वातावरण सिर्जना गर्नुपर्ने र भारतलगायतका देशसँग विद्युत् व्यापारका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो।
सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित
प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ।
प्रधानमन्त्रीको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ।
रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर
जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो अभियोगपत्र दर्ता गराएको हो ।
राज्यमन्त्री बमलाई अस्पतालबाट डिस्चार्ज गरिँदै
सवारी दुर्घटनामा घाइते हुनु भएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमलाई उपचार पश्चात आज डिस्चार्ज गरिदैंछ ।
विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे
सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
स्थानीय सरकार : महिला जनप्रतिनिधिको बुझाइ
दोलखाको शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की (थापा) स्थानीय तहको नेतृत्वमा रहिरहँदा आफूले सोचेजस्तो सिर्जनात्मक र उत्साही हुँदै काम गर्ने माहौल नभएको अनुभव सुनाउनुभयो ।
अराजक अनलाइनहरु नियन्त्रण गर्न जरुरी छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि धेरै अनलाइनहरु अराजक बनेको औंल्याउनुभएको छ ।
रविलाई अदालत लगियो, अभियोगपत्र दर्ता हुँदै
लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा रहेका पाँचै जनालाई आइतबार अदालतमा उपस्थित गराइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
एमाले सचिवालय बैठक पुस १० मा
नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
कुनै हालतमा यो सरकार चल्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
रसुवा–सिमपानी सडकको शिलान्यास
कालोपत्रेका लागि ठेक्का लागेको रसुवा–सिमपानी –१५ किलोमिटर सडकको शिलान्यास गरिएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले आफु मन्त्री भएको १०० दिन पुगेको अवसरमा गृह जिल्लाको सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो ।
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनुभएको छ ।
एमालेको सचिवालय बैठक आगामी बुधबार
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
‘एक वर्षभित्रै राहदानी नेपालमै छापिन्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गर्नुभएको छ ।
खेल क्षेत्रको विकास महत्वपूर्ण : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ ।
समाजवादीले गर्यो कार्यविभाजन
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको छ ।
‘वर्तमान सरकारलाई असफल हुने छुट छैन’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को आज यहाँ आयोजित छैटौं केन्द्रीय बैठकमा उहाँले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताउनुभयो ।
राज्यमन्त्री बम चढेको गाडी दुर्घटना
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ ।
प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।
कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गर्नुभएको छ ।
एनपिएल विजेता जनकपुरलाई राष्ट्रपतिको बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ।
मनहरी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास
मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शनिवार शिलान्यास गरिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो ।
नेता महरलाई जेसीजको मानार्थ सदस्यता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१ औं महाधिवेशन उद्घाटन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।