च्यासलमा एमालेको सचिवालय बैठक
नेकपा (एमाले)को सचिवालय बैठक जारी छ। आइतबार दिउँसाे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो।
विधिको शासनका लागि गृह संयन्त्र निष्पक्ष छः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानुन कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्र निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
'सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ'
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र इनरुवा अध्यक्षमा पौडेल
नेकपा (माओवादी केन्द्र) इनरुवा नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नगर अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित हुनुभएको छ ।
राष्ट्रप्रति समर्पित युवा पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
दल फुटाउने योजना हल्लामात्रै : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताउनुभएको छ ।
उच्च अदालत बार हेटौँडाको अध्यक्षमा भट्टराई निर्वाचित
उच्च अदालत बार एसोसिएसन हेटौँडाको अध्यक्षमा अधिवक्ता मनप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न एसोसिएसनको निर्वाचनबाट दुई वर्षे कार्यकालका लागि भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
पाख्रिवास एमालेको नगर अधिवेशन सम्पन्न
विरोधको बाबजुद नेकपा (एमाले)को पाख्रिवास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएको नगर अधिवेशनमा पाख्रिवास नगरपालिकाका पूर्व प्रमुख वृष (राजन) राईको समूहको विरोधको बाबजुद पनि नगर अधिवेशन सम्पन्न भएको हो ।
‘मधेशी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छ’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताउनुभएको छ । धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
राष्ट्रियसभा बैठक आज बस्दै
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको हेरफेर गर्नुहुने छ ।
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबार बस्न लागेको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
विधेयक र अध्यादेशमा साझा सहमतिको प्रयास
संविधान कार्यान्वयनका सवालमा निर्माण गर्नुपर्ने कानुनलाई तीव्र रूपमा अगाडि बढाउने उद्देश्यले सत्ता साझेदार दल आन्तरिक र बहुपक्षीय संवादमा छन् ।
युद्धरत र सहयोगीबिचमै तनाव
रुस–युक्रेन युद्ध सुरु भएको ठ्याक्कै तीन वर्ष भयो । तीन वर्षमा सशस्त्र सहयोग गरिरहेको अमेरिका युद्ध अन्त्य हुनु पर्छ भन्नेविपरीत धारमा उत्रिएको छ ।
खानेपानीमन्त्री यादव नयाँ दिल्लीमा
शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मालगायत उच्च अधिकारीले मन्त्री यादवलाई स्वागत गर्नुभएको हो।
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैको सहमतिमा संविधान संशोधन गर्ने तयारी भइरहेको बताउनुभएको छ।
शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभएको छ। शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीस्थित श्री मावि ज्यामिरेखानीको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो।
नेपाललाई लागुपदार्थ मुक्त बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ। शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।
संविधानको उचित प्रयोग नभएकै कारण पूर्ण समावेशीता सम्भव भएनः सभामुख मण्डल
बाराको कोहल्वीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानको समावेशीतासम्बन्धी प्रावधानको उचित प्रयोग नभएको बताउनुभएको छ।
‘कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्त्वपूर्ण’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताउनुभएको छ ।
अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
खानेपानी मन्त्री यादव भारत प्रस्थान
खानेपानीमन्त्री प्रदीप यादव आज छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।
सिदिङ्वा र मिक्वाखोलामा माओवादीको कमिटी चयन
ताप्लेजुङको सिदिङ्वा र मिक्वाखोला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी चयन भएको छ।गाउँपालिका कमिटीको अधिवेशनमार्फत उक्त पालिकाहरुमा माओवादी केन्द्रको नयाँ कमिटी चयन भएको हो ।