शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धर्बेन्द्र झा
धनुषा, फागुन २४ गते।मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानले महिलाको हकलाई सुनिश्चित गर्नु सुखद पक्ष रहेको बताउनुभएको छ।
शनिबार ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मधेश प्रदेश लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलालाई शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
मौलिक हक लगायतका व्यवस्थाले जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको उहाँको भनाइ छ ।
प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेश लगायत देशभर अहिले दाइजो, बालविवाह, बोक्सीको नाममा हुने ज्यादती, यौन उत्पीडन र शारीरिक हिँसाका घटनाले ‘नारीको सम्मान गर्ने’ हाम्रो मौलिक सभ्यतालाई चुनौती दिइरहेको बताउनुभयो।