पत्रकारको बीमा गराउने विषयमा सम्झौता
मधेश प्रदेशका पत्रकारलाई एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्ने विषयमा मधेश प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीविचमा शुत्रबार सम्झौता भएको छ ।
सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले मुलुका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीद्वारा सिंहको निधनप्रति शोक व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकोमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
रास्वपाको केन्द्रीय अनुशासन आयोग र संगठन विभागमा पाँच सदस्य मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अनुशासन आयोगमा दुई र सङ्गठन विभागमा तीन जना सदस्य मनोनित गरेको छ।
राष्ट्रपति पौडेलद्वारा डा. सिंहको निधनप्रति श्रद्धाञ्जलि
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
अध्यादेशबाट गण्डकीको निजामती ऐन संशोधन
गण्डकी प्रदेश सरकारले दुई वर्ष पहिला ल्याएको प्रदेश निजामती सेवा ऐन अध्यादेशमार्फत् संशोधन गरेको छ। मङ्गलबार प्रदेश मन्त्रिपरिषदले पास गरी पठाएको अध्यादेश प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार प्रमाणीकरण गर्नुभएको छ।
आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु आवश्यक छः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
अदालतमा रवि लामिछानेको इन्कारी बयान
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्नताबारे इन्कारी बयान दिनुभएको छ।
स्वदेशी वस्तुको प्रयोग र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ।
सातै प्रदेशमा अप्टिकल फाइबर विस्तारको तीव्रता बढ्दोः सञ्चारमन्त्री गुरुङ
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सातै प्रदेशका ७ सय ५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी इन्टरनेटको अवधारणा बढिरहेको बताउनुभएको छ।
तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग प्रमुख साहको आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नागरिकता वितरण संविधान र कानुन अनुसार : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकारले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई नागरिकता दिने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिले बुझाएको अध्ययन प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।
मोहन वैद्य अस्पताल भर्ना
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना हुनुभएको छ । महासचिव वैद्यको सचिवालयका अनुसार उहाँलाई विगतदेखि दम तथा श्वासप्रश्वासको समस्या छ ।
विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’
सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी केन्द्रित भएका छन् ।
जलविद्युत् आयोजनामा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदको जोड
जलविद्युत् आयोजनाहरूमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले जलविद्युत परियोजनामा नीजि क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ ।
कर्णाली र लुम्बिनी प्रदेशबिच सहकार्य गर्ने समझदारी
कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच अन्तर प्रदेश विकास र समृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभएको छ । शुक्रबार मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै उहाँले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन र अवसर सिर्जनामा टेवा पुर्याउने बताउनुभयो ।
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभएको छ ।
भीम रावल आफैँ पार्टीबाट निक्लिनु भएको हो : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भीम रावल आफैं पार्टीबाट निक्लिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले पार्टीका पूर्व उपाध्यक्ष रावलले पार्टी छाडिसकेकाले उहाँलाई निकालिएको नभइ आफैँ छाडेको बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्चमा सुनुवाइ जारी
राष्ट्रिय परिचयपत्र विवादमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी रहेको हो ।