जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. राउत
जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउत चयन हुनुभएको छ ।
नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले
तिनिधि सभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ ।
रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो ।
वाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ ।
संसद् सचिवालय शपथको गृहकार्यमा
सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।
सरकार गठनको सरगर्मी सुरु : आन्तरिक गृहकार्यमा जुटे दल
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठका लागि आह्वान गर्नुभएपछि सरकार गठनका लागि राजनीतिक दलको दौड पनि सुरु भएको छ।
सांसदको शपथपछि प्रधानमन्त्रीबारे छलफल हुन्छ : माओवादी
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधि सभाका निर्वाचित सांसदको शपथपछि मात्रै प्रधानमन्त्रीबारे छलफल हुने बताउनुभएको छ।
सांसद शपथको तयारी : ज्येष्ठ सदस्यमा जबराको सम्भावना
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण मिति सोमबार तय गर्ने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यको पहिचान गरेर सुरुमा उहाँलाई शपथ ग्रहण गराउने र त्यसपछि अन्य सदस्यको शपथ गर्नेगरी अन्तिम तयारी गरेको छ ।
शपथ नगराई सरकार गठन गर्न मिल्दैन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचित सांसदहरूको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति गठन
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
राष्ट्रपतिबाट सरकार गठनको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै भण्डारीले सात दिनभित्र सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको हो ।
आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुर सानेपामा सुरु भएको हो।
प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै
नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार
शनिबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक रहेको जानकारी गराउनुभएको हो ।
मन्त्री बन्दिनँ, पार्टीमा काम धेरै छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आफूलाई अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । चुनाव जित्नेहरु मन्त्री बन्ने आकांक्षा राखे पनि आफू त्यो दौडमा नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई निर्देशन दिनु भएको छ।
एमाले प्रतिपक्षमा बस्छ : पौडेल
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यको मतपरिणामको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो
निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ।
आयोगले सातै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ।
प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाइयो
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउनुभएको छ।
सरकारलाई हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँः चिरिबाबु महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताउनुभएको छ।
कर्णाली प्रदेश सभा निर्वाचन नतिजा प्रदेश प्रमुख समक्ष पेस
कर्णाली प्रदेश सभा तर्फको नतिजासहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरिएको छ। प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधानबमोजिम आयोगबाट परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरिएको हो।