• १३ असोज २०८१, आइतबार

कांग्रेस संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति गठन

blog

कांग्रेस संसदीय दलको निर्वाचन समिति संयोजक सहमहामन्त्री भीष्मराज आङ्दम्बे, सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली। फाइल तस्बिर

काठमाडौं, पुस ३ गते। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। 

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो। 

समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही हुनुहुन्छ।