कर्णालीमा संसदीय दलको नेता बन्न दौडधुप
नवीन सुवेदीसुर्खेत, पुस १ गते। आम निर्वाचन सम्पन्न भएसँगै कर्णालीमा संसदीय दलको नेता बन्नका लागि नेताबीच दौडधुप सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)भित्र संसदीय दलको नेता को हुने भन्ने विषयमा चर्चा भइरहेको छ। प्रत्यक्ष र समानुपातिक गरेर १४ सिटसहित पहिलो दलको हैसियत बनाएको कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पुनः संसदीय दलमा दोहोरिने तयारीमा हुनुहुन्छ। जाजरकोटका राजीबविक्रम शाहले समेत संसदीय दलमा दाबी गर्नुभएको छ। मुख्यमन्त्री शाही आफू दलको नेता र मुख्यमन्त्री बन्ने कुरामा दुई मत नभएको बताउनुहुन्छ। पार्टीभित्र मुख्यमन्त्री शाही कांग्रेस कार्य सम्पादन समितिको सदस्य हुनुहुन्छ भने शाह केन्द्रीय सदस्य हुनुहुन्छ। १३ सिटसहित दोस्रो दलको हैसियत बनाएको माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्ट दलको नेता बन्ने दौरानमा हुनुहुन्छ। शर्मा रुकुम पश्चिम (ख) र विष्ट सुर्खेत २ (ख) बाट निर्वाचित हुनुभएको हो। विष्ट यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसक्नुभएको हो। शर्मा भने पहिलो पटक प्रदेश सभा सदस्य बन्नुभएको हो। यता तेस्रो दलको हैसियत बनाएको (एमाले)भित्र पनि दुई जना आकांक्षी देखिनुभएको छ। एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहलाई दल नेताको आकांक्षीको रुपमा हेरिएको छ। कँडेल मुख्यमन्त्री बन्ने चाहना स्वरुप नै आफूभन्दा जुनियर नेतालाई केन्द्रमा पठाएर दोस्रो पटक प्रदेशमा झर्नुभएको हो। यता शाह भने निर्वाचनमा आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्दै आउनुभएको थियो। कर्णालीमा एमालेका १० सांसद छन्। यस्तै नेकपा (एकीकृत समावादी) र राप्रपाले प्रदेश सभामा १/१ सिट जितेका छन्।
समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने
नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ।
कैलालीबाट निर्वाचित सबै जनप्रतिनिधिले बुझाए निर्वाचन खर्च
कैलालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सबै जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।
अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा आरोपीहरुलाई रिहाईको माग गर्दै माइतीघरमा धर्ना जारी छ । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता तथा थारु कल्याणकारिणी सभा (थाकस) ले संयुक्तरुपमा धर्ना जारी राखेका छन् ।
समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने
पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ ।
सङ्घ र प्रदेशमा निर्वाचित सांसदलाई सम्मान
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचित सांसदलाई नेपाल पत्रकार महासंघ लमजुङले सम्मान गरेको छ ।
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको राजकीय सम्मान
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ।
कर्णालीको समृद्धिको लागि नागरिकका सुझाव महत्त्वपूर्ण : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘समृद्ध कर्णाली सुखारी कर्णाली’ को अवधारणा पुरा गर्न नागरिकका सुझावको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ।
प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण प्रधानमन्त्रीसमक्ष पेश
निर्वाचन आयोगले प्रतिनिधि सभाका निर्वाचित सदस्यहरूको विवरण प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको छ ।
विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय जगतमा नेपाल र निर्वाचन आयोगको प्रतिष्ठा बढ्यो : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तर्राष्ट्रिय जगतमा नेपाल र निर्वाचन आयोगको प्रतिष्ठान बढेको बताउनुभएको छ ।
देशको समृद्धिका लागि गठबन्धनको निरन्तरता आवश्यक छ : अध्यक्ष ठाकुर
निर्वाचनको नतिजा, नयाँ राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विकास र समृद्धिका विषयमा गरिएको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भन्नुहुन्छ, “मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्छ ।”
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज (बिहीबार) यहाँस्थित जापानी दुतावासले उहाँकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको जनाएको छ ।
प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस
निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।
समानुपातिकतर्फ कर्णालीमा १५ महिला एक पुरुष (सूचीसहित)
कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जना सांसद बनेका छन् । जसमा १५ जना महिला र एक जना पुरुष सांसद बन्नुभएको हो । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएसँगै १६ वटै समानुपातिक सांसदको टुङ्गो लागेको हो ।
लामिछानेको शपथ रोक्न सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित रिट निवेदन दर्ता भएको छ। सिन्धुलीका युवराज पौडेलसमेतले बुधबार सर्वोच्च अदालतमा उक्त रिट निवेदन दर्ता गर्नुभएको हो। सर्वोच्चको संवैधानिक इजलासमा त्यो रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि आउँदो पुस ६ गते पेसी तोकिएको छ।
छिट्टै देशको प्रधानमन्त्री बन्छु : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।
सबै खाले विभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबै खाले विभेदविरुद्ध एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।
न्यायालयका समस्या क्रमशः समाधान उन्मुख : कामु प्रधान न्यायाधीश
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायसम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताउनुभएको छ ।
नगर प्रहरी भर्ना विरुद्ध उच्च अदालतमा रिट
कालीकोटको रास्कोट नगरपालिकाले कानुनबिनै नगर प्रहरी भर्ना प्रक्रिया अघि बढाएपछि अदालतमा मुद्दा परेको छ।
रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेजको माग गर्दै रिट दर्ता भएको छ ।
प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० सदस्य निर्वाचित
निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएको जनाएको छ ।
सङ्घीयताले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्नुपर्छ : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सङ्घीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताउनुभएको छ । बुधवार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।