• १२ साउन २०८१, शनिबार

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १ गते । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा आरोपीहरुलाई रिहाइको माग गर्दै माइतीघरमा धर्ना जारी छ । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता तथा थारु कल्याणकारिणी सभा (थाकस) ले संयुक्तरुपमा धर्ना जारी राखेका छन् ।


सरकारले टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई गत आइतबार छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना जारी राखेका हुन् । 

थारु कल्याणकारिणी सभा, थारुहट–थारुवान संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी नागरिक उन्मुक्ति पार्टी, सङ्घ, सङ्गठन तथा व्यक्तिहरुको उपस्थिति छ  । अध्यादेश अविलम्ब प्रमाणीकरण गरी रेशम चौधरीसहित टीकापुर घटना आरोपमा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । 


धर्नामा उपस्थितहरुले ‘न्याय देऊ, न्याय देऊ, रेशम चौधरीलाई बाहिर लेऊ’, ‘मानवताको अधिकार, हाम्रो पनि बराबर’, ‘रेशमवाद जिन्दावाद’, ‘हाम्रो देश, हाम्रो अध्यादेश’, ‘जनताका लागि लडेको, जेलमै सड्नुपरेको’, ‘नेता गगन धनगढीमा के बोलेथ्यौ भनन’ लगायतका प्लेकार्ड बोकेका थिए ।