एमाले सचिवालयको बैठक आज बस्दै
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने जानकारी दिनुभयो ।
मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने
मधेस प्रदेशको प्रदेश सभामा १० दलको प्रतिनिधित्व हुने भएको छ। मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन्।
सबै जनताले मानव अधिकार पाएको महसुस गर्न सकेनन् : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाको पूर्ण रूपमा लागू गर्न ध्यानाकर्षण गराउनुभएको छ।
पश्चिम सेती आयोजनाको काम प्राथमिकताका साथ अगाडि बढेको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा टेवा पुर्याउने उद्देश्यले पश्चिमसेती जलविद्युत आयोजना निर्माणको काम प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ।
गाउँपालिका अध्यक्ष एमालेबाट निकालिए
प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा (एमाले) बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक
नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्सिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी दिनुभयो ।
प्रदेश सभामा कसरी चुनिन्छन् समानुपातिक सांसद
प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणाम आइसक्दा केन्द्रमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ भने प्रदेशमा पनि प्रत्यक्षतर्फ कांग्रेसले नै बढी सिट ल्याएको छ ।
कृषि अर्थतन्त्रको विकासमा ज्यापू समुदायको भूमिका महत्त्वपूर्ण : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ ।
निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ ।
‘सामाजिक सद्भावको पर्व उधौली’
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभामा सात दल बने राष्ट्रिय दल
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।
समानुपातिकतर्फको सिट बाँडफाँट सहितको पत्र दललाई
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएइको छ।
चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन नेता पौडेलेको निर्देशन
नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिनुभएको छ।
निर्वाचन सम्पन्न गरेकाेमा सरकारद्वारा निर्वाचन आयोगलाई धन्यवाद
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।
नर्वे र फिनल्याण्डबाट पाँच अर्ब अनुदान स्वीकार गर्ने सरकारको निर्णय
सरकारले नर्वे र फिनल्यान्ड सरकारबाट प्राप्त पाँच अर्ब बढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मङ्सिर २० गते मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
जबराविरुद्धको महाअभियोग प्रस्ताव जीवितै छ : सञ्चारमन्त्री कार्की
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महा अभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको छ।
नियमित कार्यका लागि सर्वोच्च जान्छु: निलम्बित प्रधानन्यायाधीश जबरा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने बताउनुभएको छ ।
सरकार गठनका लागि ठूला दल मिल्नुपर्छ : सांसद थापा
नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलले मिलेर अघि बढ्नुपर्ने बताउनु भएको छ।
एमाले केन्द्रीय कार्यालय बैठक बस्दै
नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
समानुपातिक मतगणनाको काम सकियो, सात दल बने राष्ट्रिय दल
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ।
गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ।
आचरण र व्यवहारमा सुधार गर्न प्रहरी प्रमुखको निर्देशन
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरेर प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।