• १९ असार २०८१, बुधबार

एमाले सचिवालयको बैठक आज बस्दै

blog

काठमाडौं, मङ्सिर २३ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइसँग उहाँले भन्नुभयो, “समानुपातिकको बारेमा छलफल गर्छौ, नामहरु तोक्छौं । चुनावको सामान्य छलफल गर्छौ ।”

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धमा तल्लो तहबाट मङ्सिर २९ गतेसम्म रिपोर्ट पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । आज सामान्य छलफल भए पनि त्यसपछि निर्वाचनको ठोस रुपमा समिक्षा हुने उहाँको भनाइ छ ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट सङ्ख्या प्राप्त गरेको छ ।