• ५ वैशाख २०८१, बुधबार

निर्वाचन सम्पन्न गरेकाेमा सरकारद्वारा निर्वाचन आयोगलाई धन्यवाद

blog

निर्वाचन आयोग । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २१ गते। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाजलगायतलाई पनि धन्यवाद दिएको छ ।

नेपाल सरकारद्वारा बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउनु हुने सबैलाई सरकारकारतर्फबाट धन्यवाद दिने निर्णय भएको बताउनुभयो।