• १२ साउन २०८१, शनिबार

सरकारलाई हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँः चिरिबाबु महर्जन

blog

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन । तस्बिर : केशब गुरुङ

ललितपुर, पुस २ गते। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताउनुभएको छ। 

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा बोल्दै उहाँले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताउनुभएको हो। 

उहाँले मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्नु नहुने बताउनुभयो। उहाँले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउनुभयो। 

उहाँले मेट्रो रेलको विकल्प मोटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै नरहेको बताउनुभयो। मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसङ्ख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्ब नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो। 

उहाँले मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताउनुभयो। उहाँले विशेष गरेर मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने बताउनु भयो। 

मेयर महर्जनले आफ्नो दोस्रो कार्यककालमा अझै बढी काम गरेर देखाउने दाबी गर्नुभयो।