पर्यटन विकासका लागि तीनै तहको सरकार लाग्नुपर्छ : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तीन तहकै सरकारले एकतावद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसके जीडीपीमा पनि सुधार ल्याउन सकिने बताउनुभयो ।
उम्मेदवार र दललाई निर्वाचन खर्च विवरण पेश गर्न आयोगको ताकेता
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल
काठमाडौं, पुस ८ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार सभापति देउवा र अध्यक्ष दाहालबीच शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो। अहिले छलफल जारी छ। यसअघि प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा छलफल भएको थियो। कांग्रेस नेतृ डा. डिला संग्रौलाले प्रधानमन्त्री देउवा र पदाधिकारीबीच आज दिउँसो भेटघाट भएको जानकारी दिनुभयो।संग्रौलाले भन्नुभयो, “दलको नेतामा चुनिनुभएको छ, हामी उहाँलाई भेट्न बालुवाटार पुगेका थियौं। चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी भएकाले नेतृत्व गर्नुपर्छ भन्ने छ।”यसैगरी, कांग्रेस नेता प्रकाशमान सिंह पनि शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न शुक्रबार बिहानै माओवादी अध्यक्ष दाहाल निवास खुमलटार पुग्नुभएको थियो।सिंहका प्रेस संयोजक यूपी लामिछानेले नेताद्वय सिंह र दाहालबीचमा सरकार गठन, शक्ति बाँडफाँट, आलोपालो नेतृत्वको विषयमा कुराकानी भएको हो। “आलोपालो शक्ति बाँडफाँट, सरकार गठनको विषयमा छलफल भयो”, प्रधानमन्त्री कांग्रेसको नेतृत्वमा हुनुपर्ने सिंहले प्रस्ताव गर्नुभएको लामिछानेको भनाइ छ। तर, अध्यक्ष दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी गर्नुभएको उहाँको भनाइ छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिसक्नु भएको छ। राष्ट्रपतिले दिनुभएको समय सकिँनै लाग्दा नेताले छलफललाई तीव्रता दिएका हुन्। बिहीबार साँझ प्रधानमन्त्री देउवा, अध्यक्ष दाहालसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमै भेटवार्ता भएको थियो ।
कांग्रेस कर्णाली संसदीय दलको नेतामा शाही सर्वसम्मत चयन
नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ ।
बागमती प्रदेशसभा : पुस १७ गते प्रदेशसभाको बैठक बोलाउन आह्वान
बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज (शुक्रबार) आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्न बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।
मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ ।
कांग्रेस मधेश प्रदेश दलको नेता छान्न समिति गठन
नेपाली कांग्रेस मधेश प्रदेश समितिको बैठकले प्रदेश संसदीय दलको नेता छनोट गर्न प्रदेश समितिका उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
महिला आयोगको कामप्रति मन्त्री रेग्मीको असन्तुष्टि
काठमाडौं, पुस ८ गते। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु गलत भएको उहाँको टिप्पणी छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री रेग्मीले महिला हिंसा बढ्दै जानु तर आयोगले काम गर्न नसक्नु दुःखद विषय भएको गुनासो गर्नुभएको हो। उहाँले मन्त्रालयमा बजेट नै नभएकाले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पार्नुभयो। मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुनेगरी आफूले योजना तय गरेको दाबी गर्नुभयो। ‘‘महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर कति काम गर्नुस् भनेर हामीले छलफल गर्दा पनि त्यहाँबाट काम हुन सकेको छैन। यो विडम्बनाको कुरा हो’’, उहाँले भन्नुभयो, ‘‘आगामी बजेटमा थोरै बास्केट फण्ड हुन्छ। त्यो पीडित महिलालाई दिन सकियोस्। अन्यथा एउटा एकदमै अप्ठ्यारो परेको महिला आउनुभयो भने पकेटबाट दुई पैसा दिनुबाहेक मन्त्रालयसँग एक पैसा पनि छैन। पैसा नै नभएपछि कसरी पीडितलाई राहत दिने ?’’मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताउनुभयो। ८० करोडभन्दा बढी बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्ब ७८ करोड पुर्याइएको उहाँले बताउनुभयो। मन्त्री रेग्मीले ८० प्रतिशत जनसङ्ख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन गर्न नसकिएको प्रष्ट पार्नुभयो। मन्त्री रेग्मीले आफूले मन्त्री भएर आएपछि नै महिला मन्त्रालयमा ‘महिला पहिला’ अभियान, महिला सुरक्षा कार्यक्रमजस्ता नयाँ काम सुरु भएको जानकारी गराउनुभएको छ।
कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया
नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।
छुटेका चारमध्ये दुई सांसदको शपथ
बिहीबार शपथ ग्रहण गर्न छुट्नुभएका चारमध्ये दुई जना प्रतिनिधिसभा सांसदले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच सरकार गठनबारे छलफल
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ।
ब्याजदर नियन्त्रणमा सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नयाँ बन्ने सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । अब बन्ने नयाँ सरकारले ब्याजदर वृद्धिलाई नियन्त्रणका लागि नीतिगत हस्तक्षेप गर्नुपर्छ उहाँले भन्नुभयो ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा स्थायित्व हुन्छ : सांसद थापा
नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले नेपाली कांग्रेस र नेकपा (एमाले) ले मिलेर सरकार बनाएमात्र राजनीतिक स्थायित्व हुने बताउनुभएको छ ।
माओवादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड सर्वसम्मत
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।
चौथो दलको हैसियतले सरकारको नेतृत्व गर्ने हक छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्वका लागि दाबी गर्ने सङ्केत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाएको बताउनुभयो । चौथो दल भएकाले सरकारको नेतृत्व गर्ने हक आफ्नो दललाई पनि रहेको उहाँले बताउनुभयो ।
पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।
गठबन्धनकै सरकार बन्छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ।
मधेश प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा.चन्द्रकान्त राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यको शपथ पुस १५ गते हुने
सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण कार्यक्रमको मिति सारिएको छ।
मधेश प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य न्यौपानेले शपथ गराउने
मधेश प्रदेश सभाका नवनिर्वाचित सदस्यलाई ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथग्रहण गराउने भएको छ। मधेश प्रदेश सभा सदस्य न्यौपाने ७१ वर्षीय हुनुहुन्छ।
शपथमा चार जना सांसद अनुपस्थित
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये चार जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित हुनुभएको छ ।
नवनिर्वाचित सांसदको स्वागतमा जलपान
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ ।
ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको छ ।
छैटौँ पटक प्रम बन्ने तयारीमा देउवा
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार बुधबार सम्पन्न निर्वाचनमा ६४ मत प्राप्त गरी प्रधानमन्त्री देउवा निर्वाचित हुनुभएको हो।