• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच सरकार गठनबारे छलफल

blog

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, पुस ७ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच नयाँ सरकार गठनबारे छलफल भएको छ। 

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले उहाँहरुबीच करिब आधा घण्टादेखि बालुवाटारमा छलफल जारी रहेको छ। 

माओवादी केन्द्रको संसदीय दलको बैठकले बिहीबार अपराह्न प्रतिनिधि सभाको संसदीय दलको नेतामा अध्यक्ष दाहाललाई सर्वसम्मत चयन गरेको थियो।

प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको तर्फबाट छैटौँ पटक दलको नेतामा निर्वाचित हुनुभएको छ। अध्यक्ष नेपाल दलको नेतामा सर्वसम्मत चयन भइसक्नुभएको छ। 

राष्ट्रपतिद्वारा पुस १० गतेभित्र सरकार गठनको आव्हान भएबमोजिम उहाँहरुबीच सत्ता सहकार्यका विषयमा छलफल भएको हो। 

नेताहरूले चुनावपछिसमेत सत्ता गठबन्धनकै नेताले सरकारको नेतृत्व गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आउनुभएको छ।