• १३ असोज २०८१, आइतबार

छुटेका चारमध्ये दुई सांसदको शपथ

blog

सांसद महिन्द्र राय यादव र रामकुमार राईलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गराउनुभयो पद तथा गोपनीयताको शपथ । तस्बिर : रासस

काठमाडौं, पुस ८ गते । बिहीबार शपथ ग्रहण गर्न छुट्नुभएका चारमध्ये दुई जना प्रतिनिधिसभा सांसदले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमलाले नेकपा (माओवादी केन्द्र)का महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको जानकारी दिनुभयो ।

सांसद यादव र राईलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउनुभएको सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।

यसैगरी, एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई शपथ ग्रहण समारोहमा छुट्नुभएको थियो । सांसद आले पारिवारिक शोकमा हुनुुहुन्छ भने राई सुत्केरी भएकाले अस्पतालमा भर्ना हुनुभएको छ ।

संसद सचिवालयले उहाँहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने जनाएको छ ।

बिहीबार प्रतिनिधि सभाका २७० जना सांसदले संसद् भवन नयाँ बानेश्वरमा शपथ ग्रहण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस

प्रतिनिधि सभामा पैँतालीस प्रतिशत नयाँ अनुहार

नवनिर्वाचित सांसदले लिनुभयो शपथ (फोटो फिचर)

पहिचान झल्किने गरी सांसदहरू संसदमा (फोटो फिचर)