• २२ वैशाख २०८१, शनिबार

पहिचान झल्किने गरी सांसदहरू संसदमा (फोटो फिचर)

blog

राष्ट्रिय पोसाकसहित आफ्नो जातिगत र क्षेत्रगत पहिचान झल्किने पोसाक पहिरिएर संसद् भवनमा सांसदहरु । तस्बिर : केशब गुरुङ/सुजन गुरुङ

काठमाडौं, पुस ७ गते । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ सांसदले आज (बिहीबार) शपथ लिनुभएको छ ।

उहाँहरूलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (बुधबार) शपथ गराउनुभएको थियो ।

शपथ ग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद् भवन पुग्नुभएका सांसदहरू राष्ट्रिय पोसाकसहित आफ्नो जातिगत र क्षेत्रगत पहिचान झल्किने पोसाकमा सजिनुभएको छ ।