प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोटमा सहमति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति बालकोट बैठकमा जुटेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग भएको छलफलमा सो सहमति भएको जानकारी दिनुभयो ।
संस्थागत निर्णय नभएकाले केही भन्ने अवस्था छैन–अशोक राई
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले सरकार निर्माणका सन्दर्भमा केही भन्न सक्ने अवस्था नरहेको बत्ताउनुभएको छ ।
गठबन्धन जोगाउन प्रधानमन्त्री सफल हुनुहुनेछ : प्रवक्ता कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाउन सफल हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ ।
बालकोटमा ओली, प्रचण्ड, लामिछानेलगायतका नेताहरू छलफलमा
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेताहरूको छलफल जारी छ ।
गठबन्धनको निर्णायक बैठक केही बेरमा फेरि बस्ने
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा फेरि सुचारु हुने जानकारी दिनुभयो ।
मुख्यमन्त्रीहरूको भेला देउखुरीमा गर्ने तयारी
देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा भेला हुने भएका हुन् ।
छ वर्ष बित्दा पनि बनेन सडक
२०७३ भदौ २४ गतेका दिन तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुई वर्ष छ महिनामा निर्माण कार्य सम्पन्न हुने गरी भिटामोड– जलेश्वर–जनकपुर सडक निर्माण सक्ने भन्दै शिलान्यास गर्नु भएको थियो ।
प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ
विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा क्रिसमसकाे शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
‘गठबन्धनकै नेतृत्वमा सरकार’
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुभएको एक साताको समयसीमा आइतबार सकिँदै छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले पुस ३ गते दलहरूलाई प्रधानमन्त्री नियुक्त गर्न दिनुभएको समय आज साँझ ५ बजे सकिँदै छ ।
गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : सञ्चारमन्त्री कार्की
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ।
गठबन्धनको बैठक सकियो
नयाँ सरकार गठनबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।
शपथग्रहण छलफलका लागि मधेस प्रदेशमा सर्वदलीय बैठक
मधेश प्रदेश सभाको प्रभावकारी व्यवस्थापन तथा नवनिर्वाचित सभा सदस्यलाई शपथग्रहण गराउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।
ढिलो गरेकाले प्रचण्डको नेतृत्वमा सरकार बन्ने सम्भावना गुम्दैछ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलो गर्दै जानुभएकाले उहाँको प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नुभएको छ । एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चको शनिबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
युवाले समस्याको समाधान खोज्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ।
‘नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्नुपर्छ’
नेपाली कांग्रेसका सांसदहरूले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका सांसदहरूले सो दबाब दिएका हुन् ।
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ ।
बालुवाटारमा कांग्रेस सांसदको भेला हुँदै
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) नेपाली कांग्रेसका सांसदहरुको भेला हुँदैछ ।
आइतबारसम्म गठबन्धनमा नेतृत्वको सहमति हुन्छ : महरा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयअगावै सत्ता गठबन्धनमा आगामी सरकारको नेतृत्वका विषयमा टुङ्गो लाग्ने बताउनुभएको छ ।
गठबन्धन टुटे एमाले सरकारमा जान्छ: पोखरेल
वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनु भएको छ ।
‘कांग्रेसकै नेतृत्वमा सरकार’
सत्ता साझेदार प्रमुख तीन दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
नयाँ सरकार गठनबारे छलफल
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँटका विषयमा छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफल नयाँ सरकारको नेतृत्वमै केन्द्रित थियो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकार गठनका विषयमा छलफल भएको बताउनुभयो।
महतो र गुरुङले सांसदका रूपमा काम गर्न नपाउने
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले मुद्दाका विषयमा सङ्घीय संसद्मा पत्राचार गरेको हो । सम्बन्धित निकायको पत्राचारसँगै दुवैले सदस्यका रूपमा कामकाज गर्न पाउने छैनन् । यस्तै सदस्यका रूपमा पाउने सेवा सुविधा पनि रोकिनेछ ।