• १३ मंसिर २०८१, बिहिबार

नयाँ सरकार गठनबारे छलफल

blog

काठमाडौँ, पुस ९ गते । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँटका विषयमा छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफल नयाँ सरकारको नेतृत्वमै केन्द्रित थियो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकार गठनका विषयमा छलफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीजी र प्रचण्डजी निरन्तर छलफलमा हुनुहुन्छ। छलफल नयाँ सरकार गठनमै केन्द्रित छ तर ठोस सहमति निर्माण भइसकेको छैन, एक–दुई दिनमा सहमति हुनेमा म विश्वस्त छु।” बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाण, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलासहितका नेताहरू सहभागी हुनुहुन्थ्यो।