राष्ट्रिय सभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बुधबार) बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक २०८० निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
विनियोजन विधेयकमाथिको छलफल सकियो
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।
सांसदको प्रश्न : तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ?
राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गर्नुभएको छ।
समयमा मलको व्यवस्था हुन सकेन : सांसद मिश्र
राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
वडा नै नभएको ठाउँमा बजेट गयोः सांसद रावल
राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती) ले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
राष्ट्रिय सभामा खर्च कटौतीका नौ प्रस्ताव प्रस्तुत
राष्ट्रिय सभाको आजको बैठकमा खर्च कटौतीको नौ प्रस्ताव प्रस्तुत गरिएका छन् ।
बाढीपहिरोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सांसदको माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनीकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेस
काठमाडौँ, असार २६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गर्नुभएको छ ।राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्नुहुँदै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताउनुभयो । यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराउनुभएको थियो । रासस
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय सभा (चाैधाैं अ.) बैठक