• २३ वैशाख २०८१, आइतबार

प्रदेश सभाको बजेट अधिवेशन अन्त्य

blog

कर्णाली प्रदेश सभा बैठक ।

मुना हमाल

सुर्खेत, असोज २२ गते । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । सोमबार प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो तथा बजेट अधिवेशनको ३९ औं बैठक बसेर अधिवेशन अन्त्य भएको हो । 

सभामुख नन्दा गुरुङले सोमबार राति १२ बजेदेखि बजेट अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो । बजेट अधिवेशनको पहिलो बैठक जेठ १० गते बसेको थियो । यस अधिमा ३९ वटा बैठक ५४ घण्टा बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयक पारित गरेको छ । प्रदेश सभाले प्रदेश प्रशिक्षण विधेयक र प्रदेश निजामती विधेयक पारित गरेको हो । 

बजेट अधिवेशनले प्रदेश सभामा रहेका चारवटा विषयगत समितिको सभापतिको निर्वाचन सम्पन्न गरेको छ । साथै प्रदेश सभा निमावली संशोधन गर्नका लागि संशोधन समिति गठन गरेर संशोधन प्रक्रिया अघि बढाएको सभामुख गुरुङले जानकारी दिनुभयो ।