काठमाडौं, असोज २२ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा जारी रहेको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु हुने छ ।
यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
त्यस्तै, सभामुखले ‘विद्युत विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नुहुने छ ।