संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा शीर्ष नेताको छलफल सकारात्मक : सांसद पुन
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुङ्ग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सदनका उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।
संसद्को अधिवेशन आजबाट अन्त्य हुँदै
सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
सङ्घीय संसद्को चालु अधिवेशन आजबाट अन्त्य गर्ने तयारी
सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्न बिहीबार सबेको मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने समेत जनाएको छ ।
राष्ट्रियसभाको रिक्त हुने पदमा माघको दोस्रो सातासम्म निर्वाचन हुने
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।
क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान गरेको हो ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय सभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत
राष्ट्रिय सभामा आज (मङ्गलबार) तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस
“राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ । मङ्गलबार बसेको राष्ट्रिय सभाको बैठकमा “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन पेस भएको हो ।
धन्यवाद प्रस्ताव पारित
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताउनुभएको छ । सङ्घीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताउनुभएको हो ।
जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रूपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताउनुभएको छ ।
नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्र सङ्घ गौरव गर्दछ : महासचिव गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ ।
सङ्घीय संसदमा महासचिव गुटेरेसको सम्बोधन (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । मङ्गलबार अपराह्न ४ बजेबाट सुरु भएको संयुक्त बैठकलाई संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुहुँदै छ ।
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरुप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।
चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँः मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ता ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताउनुभएको छ ।
विद्युतीय व्यापारसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न संसदीय समितिको निर्देशन
विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ ।
सरकारको सक्रियताले दसैंमा ठूला सडक दुर्घटना हुन दिएनौंः मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दसैंमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गर्नुभएको छ ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मङ्गलबारको संसद बैठकमा पेस गर्ने
विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मङ्गलबारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
भन्सार प्रशासनमा हुने कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाइन्छ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भन्सार विधेयक, २०८० मा वैदेशिक सहायतामा सञ्चालित आयोजनाका लागि आवश्यक वस्तु आयात गर्दा उच्चस्तरीय कर सुधार आयोगको सुझावको आधारमा पुनरावलोकन गरी कार्यान्वयन गरिने व्यवस्था गरिएको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक प्रस्तुत
प्रतिनिधिसभा बैठकमा आइतबार दुई वटा विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’’ र “भन्सार विधेयक, २०८०’’ प्रस्तुत भएको छ ।
बैङ्क तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छ : सांसद सुवाल
सांसद प्रेम सुवालले बैङ्क तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उहाँले बैङ्क तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिनुभएको हो ।