काठमाडौं, कात्तिक १३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दसैंमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्नुहुँदै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।
उहाँले ठूलो दुर्घटना नहुने गरी दसैंमा गाउँघर जाने यात्रुहरुलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताउनु भयो । उहाँले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय, प्रदेश सरकारको महत्त्वपूर्ण भूमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको जानकारी दिनुभयो । उहाँले विगतमा भन्दा पछिल्लो समय यात्रुहरु समेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले पनि समस्या समाधान गर्न सहज भएको पनि बताउनुभयो ।
‘‘यो वर्षको दसैंमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र स्थानीय सरकारको सहयोगमा सहज भयो । तत्काल हरेक क्षेत्रको सूचना आउने भएकाले सबैसँग तत्काल समन्वय गरी समस्या समाधान गर्न सहज भएको छ । यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनायो । पहिलेभन्दा अहिले यात्रुहरु पनि सचेत भएकाले सिधै मन्त्रीलाई नै फो गर्नुभयो । यो वर्षको दसैंमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनायौं ।,’’ उहाँले भन्नुभयो, ‘‘सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षति भोग्नु नपरोस् भन्ने थियो केही समस्या भयो होला तर ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन दिएन । यो वर्ष सडकहरु अवरुद्ध हुने अवस्था बनेन । ठूलो दुर्घटनाहरु पनि भएन । सरकारलाई सन्तुष्टि के छ भने चाडपर्वको समयमा ठूला दुर्घटना सुन्नुपर्ने हुन्थ्यो यो वर्ष त्यस्तो सुन्न नपर्ने गरी यातायात व्यवस्था मिलाउने काम गरेका छौं ।’’
मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनाएको उल्लेख गर्नुभयो । उहाँले वर्षको दसैंमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायातमार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताउनु भयो । उहाँले सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षती भोग्न नपरोस् भन्नेमा केन्द्रित रहेको भन्दै ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन नदिएको बताउनुभयो । उहाँले सडक पूर्वाधारका धेरै गुनासाहरु रहेको भन्दै नारायणघाट, पोखरा मुग्लिन सडक खण्डका गुनोसा कम भएको बताउनु भयो । उहाँले सरकारले उक्त सडक खण्डहरुमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरुबाट यातायात सहज रुपमा सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।
मन्त्री ज्वालाले भन्नुभयो, ‘‘सडक पूर्वाधारका धेरै गुनासा छन् । जसमा नारायणघाट, पोखरा मुग्लिन सडक खण्डका गुनोसा कम भएका छन् । सरकारले उक्त सडक खण्डहरुमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरुबाट यातायात सहज रुपमा सञ्चालन गर्ने तयारीमा छौं । चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नु पर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेको छ । बाँकी दाताहरुको भएकाले केही समयमा नै निर्माण कार्य सुचारु हुने अपेक्षा छ ।’’
उहाँले चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेको बताउनुभयो । उहाँले उक्त सडक निर्माण एक वर्ष लाग्ने समाचारहरु आए पनि यति लामो समय नलाग्ने बताउनुभयो । उहाँले उक्त क्षेत्रका सांसदहरुसँग बसेर छुट्टै छलफल गर्ने जानकारी दिनुभयो ।