• ११ पुस २०८१, बिहिबार

प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक प्रस्तुत

blog

काठमाडौं, कात्तिक १२ गते । प्रतिनिधिसभा बैठकमा आइतबार दुई वटा विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ् कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’’ र “भन्सार विधेयक, २०८०’’ प्रस्तुत भएको छ ।

दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको हो । त्यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्का दुवै सदनलाई कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सम्बोधनसम्बन्धी जानकारी संसद्लाई गराउनुभयो ।

उहाँले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपचारिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशनसमेत दिनुभयो ।