काठमाडौं, कात्तिक १६ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।
आजको बैठकमा चाल्र अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची छ ।
यसैगरी, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।