काठमाडौं, कात्तिक १३ गते । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मङ्गलबारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो । बैठकले मङ्गलबार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताउनु भयो ।
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उहाँले यो विधेयक अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरेर भए पनि आएको बताउनु भयो । उहाँले छलफल उपलब्धिमुलक भएको र विधेयकको प्रतिवेदन मङ्गलबारको संसद बैठकमा पेस हुने जानकारी दिनुभयो । समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताउनु भयो ।