दुई समितिको बैठक स्थगित
प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।
भिआइपीलाई मापदण्ड विपरीत दिएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरूलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर
रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो ।
आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ : सांसद यादव
सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद दिनेशकुमार यादव सदन निममितरूपमा सञ्चालन भएको खण्डमा उपस्थितिमा देखिँदै आएको गणपूरक सङ्ख्याको विषय स्वतः अन्त्य हुने धारणा राख्नुहुन्छ ।
सार्वजनिक लेखा समितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्दै
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आज (आइतबार) को बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्यौटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र महालेखा परीक्षकको कार्यालयसँग सुझाव लिन लागेको छ ।
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
निर्वाचनपश्चात् विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री योजना लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएको भन्दै व्यङ्ग्यसमेत हुने गरेको छ । संविधान जारी भएको आठ वर्ष बिते पनि सङ्घीयता कार्यान्वयनसँग सिधै सरोकार राख्ने अझै केही महत्त्वपूर्ण कानुन बन्न सकेको छैन ।
चीन भ्रमणमा प्रधानमन्त्रीलाई सुझाव : तेल र रेलको समस्या समाधान होस्
नेकपा(एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाल–चीन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधि सभा सदस्य पद एक रिक्त भएको सदनलाई जानकारी
प्रतिनिधि सभा बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।
नेपालको समावेशी शासन प्रणालीबारे विश्व समुदायलाई जानकारी गराउन पाउनु अवसर हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भ्रमणका क्रममा नेपालको मौलिकतासहितको लोकतन्त्र, समावेशी शासन प्रणालीबारे विश्व समुदायमाझ राख्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट नयाँबानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
संसदमा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहनुभएको छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधि सभाको आजको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय सभाबाट संविधान सभाका अध्यक्ष नेम्वाङको शोक प्रस्ताव पारित
राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवम् प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रियसभा बैठक दिउँसो २ः३० बजे बस्नेछ भने प्रतिनिधि सभा बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
निधनको अघिल्लो दिन पनि कानुन निर्माणमै व्यस्त नेम्वाङ
हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानुन निर्माणका क्रममा व्यस्त रहनुभएको थियो ।
प्रतिनिधि सभाको बैठक २८ गते बिहीबार बस्ने
प्रतिनिधि सभाको बैठक बस्ने समय र मिति परिवर्तन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गर्नुहुँदै भोलि बुधबारका लागि तय भएको बैठक एक दिन ढिला गरी बिहीबार बस्ने बताउनुभएको हो ।
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ ।
यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन : सांसद कुँवर
गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले संसद्मा निर्वाह गर्नुभएको भूमिका आलोचनामुक्त छैन । संसद् सुरु भएको लामो समयसम्म पनि दुई विधेयकमात्रै पारित भएका छन् ।
राष्ट्रियसभा बैठक स्थगित
भदौ २४ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
तत्कालका लागि मुलुकमा वैदेशिक रोजगारको विकल्प छैन : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताउनुभएको छ ।
अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक बहस गर्न आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनका लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ ।
महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
अराजकतालाई निषेध गर्न सबै दल एकताबद्ध हुनुपर्छ : देवेन्द्र पौडेल
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्व मन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।