कानुन समितिमा माओवादीबाट सुवेदीको उम्मेदवारी
नेकपा (माओवादी केन्द्र) ले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रका सचेतक रुपा सोसी चौधरीले सो समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।
कांग्रेसको तीन र एमालेको दुई विषयगत समितिमा उम्मेदवारी
संसदीय समितिको सभापतिमा नेपाली कांग्रेसले तीन सभापतिमा उम्मेदवारी मनोनयन गरेको छ । कांग्रेस सचेतक सुशीला थिङका अनुसार कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी मनोनयन भएको जानकारी दिनुभयो ।
संसदको विषयगत समितिको सभापतिमा रास्वपाले उम्मेदवारी दिने
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले संसदको विषयत समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। रास्वपा नेता सन्तोष परियारले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबार अपरान्ह ५ बजेदेखि बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो।
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ ।
प्रतिनिधि सभाको शून्य समय : बढेको पारिश्रमिक लागू गर्न माग
प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते
सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
सुन प्रकरणमा नेताको नाम आएपछि सरकार सुस्तायो : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्व प्रधानमन्त्रीलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाउनुभएको छ।
गिरिबन्धु टी–स्टेट जग्गा अनुसन्धान गरे हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट जग्गाबारे अनुसन्धान गर्न आवश्यक भएमा सरकारले अनुसन्धान गर्नसक्ने बताउनुभएको छ ।
सिआईबीमाथि नै हस्तक्षेप भएपछि उच्चस्तरीय छानबिनको माग गर्नुपर्यो : योगेश भट्टराई
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवम् सांसद योगेशकुमार भट्टराईले सुन तस्करी छानबिनका लागि सरकार आफैँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाउनुभएको छ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक केही समय ढिला सुरु भएको छ ।
सात दलबीचको सहमति : सुन तस्करी छानबिन गर्न आयोग गठन
सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यताप्राप्त सात दलहरूबीच दुई बुँदे सहमति भएको भएको छ । यो सहमतिसँगै अब सदनका कारबाही सुचारु हुने भएको छ ।
अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।
"नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन समिति बन्नुपर्छ"
राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ।
सदनको अवरोध हटाउने जिम्मेवारी सभामुख र अध्यक्षको : सदस्य गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।
प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो ३ बजे बस्ने
मङ्गलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारका लागि सरेको छ।
राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियाे
राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनहरू यथाशीघ्र पारित होऊन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन यथाशीघ्र पारित हुनु आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो ३ बजे बस्ने
आइतबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।
संसद् खुलाउने प्रयास जारी, प्रतिपक्षी दलको अडान कायमै
सत्ता गठबन्धनले संसद् सुचारुका लागि पहल गर्दैआएको छ । सभामुख देवराज घिमिरेले संसद् बैठक सुचारुका लागि आवश्यक वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवश स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।
रास्वपाले संसद् अवरुद्ध भएको दिनको सेवासुविधा नलिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।