काठमाडौं, साउन २९ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।
छानबिन आयोग गठनको आफूहरुको माग कायम रहेको र छानबिन आयोग गठन नभएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेले बताएसँगै सभामुख देवराज घिमिरेले आगामी बैठक भदौ ३ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बोलाउनुभएको हो ।